हिले उत्तरपानी छिन्ताङ त्रिवेणी सडक निमार्ण कार्य सुरुभएको छ । प्रदेश १ का मुख्य मन्त्रि भिम आचार्यले निमार्ण कार्य सुरुहुन लागेको सडकको आज एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ । सडकको शिलान्यास गर्नु हुदै मुख्य मन्त्री आचार्यले खोकु छिन्ताङ महत्वपूर्ण ऐतिहासिक भुमि पर्यटकीय स्थललाई जोड्ने ऐतिहासिक सडक निमार्ण कार्यको सुरुवात भएको बताउनु भयो । सडक निमार्ण पछि छिन्ताङदेबि मन्दिर दर्शनका लागि भक्तजनलाई सहज हुने भन्दै धार्मिक पर्यटनक्षेत्रकोरुपमा विकास हुने बताउनु भयो । धनकुटालाई उन्नत जिल्लाको रुपमा विकास गर्नका लागि सडक बाटो संग संगै युनिभरसिटी स्तरको प्राबिधिक शिक्षालय विकास गर्नु पर्ने जरुरी रहेको भन्दै युनिभरसिटी स्तरको प्राबिधिक शिक्षालय विकास गर्ने तर्फ जोड दिनु भयो । आफ्नो तर्फ बाट धनकुटा जिल्ला विकासका लागि पहल भइैरहेको बताउनु भयो ।

संघिय प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले धनकुटाको जनतालाई खुशि र सुखी राख्नको लागी आफूहरुले काम गरिहेको दावी गर्नु भयो । उहाले एमालेको सरकारले धनकुटा जिल्लाको विकासको लागी १० खर्ब रुपयाँ विनयोजन गरेकोमा अहिलेको गठवन्धन सरकारले ७ खर्ब रुपयाँ कटौती गरेको आरोप लगाउनु भयो ।
त्यसैगरी प्रदेश १ सदस्य एवम न्याय प्रशासन तथा विद्यायन समितिका सभापति इन्द्रमणी पराजुलीले ऐतिहाशिक पर्वतिय श्रृङ्गखलाहरु जोड्ने धामिर्क तथा पर्यटकिय सडकको शिलान्यास भएको दावी गर्नुभयो । उहाले धनकुटाको समृद्धिको लागी कोसे ढुङ्गा सावित हुने दावी गर्नु भयो ।
धनकुटा नगरपालिकाको प्रमुख चिन्तन तामाङले सहिभूमी गाउँपालिकावासीहरुको सुःख र समृद्धिमा सडकले टेवा पु¥याउने बताउनु भयो । उहाले धनकुटाको हिले वजारमा भईरहेको कालपत्रे सडक निर्माण कार्यमा निर्माण कम्पनीले गह्रैजिम्मेवार भएर काम गरीरहेको बताउनु भयो । सम्झौता भएको २ वर्षमा काम सक्नु पर्नेमा ३ वर्ष वित्न लाग्दा पनि काम सम्पन्न नभएको प्रति सम्वन्धित् कार्यालयको ध्यान जावस भन्दै प्रमुख तामाङले ध्यान आकर्षण गराउनु भयो ।
निमार्णकार्य सुरु हुनलागेको सडकको पहिलो चरनमा १० किलोमिटर २९ करोड ७२ लाख ९८ हजार ६३ रुपैया ३१ पैसा बराबर लगतमा कालोपत्रे हुने छ । सडको २०७८ ÷०६ ÷०६ मा रायमाझी आजात जेवि काठमाण्डौ संग सम्झौता भएको प्रादेशिक बिशेष सडक निमार्ण अयोजना विराटनगरका निमित्त साहायक प्रमुख दिप नारायण साहले जानकारी दिनु भएको छ । सडक निमार्णकार्य २०७९ साल १२ ÷०६ सम्पन्न गरि सक्ने सडक निमार्ण आयोजना विराटनगरले जनाएको छ । प्रदेश १ सभा सदस्य निरन राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश १ उद्योग वन तथा पर्यटन राज्य मन्त्रि उतम बस्नेत , जिल्ला समन्यवय समिति धनकुटाका प्रमुख टंक चौहान , जिल्ला प्रशासन प्रमुख कृष्ण पन्थ नगरपालिका प्रमुखहरु पर्शुराम नेपाल , गाँउपालिका अध्यक्षहरु मनोज राई, शेर बहादुर लिम्बु लगायतको उपस्तिथिति रहेको थियो ।


















