दशै तिहारकाे अवसरमा अखिल नेपाल महिला संघ धनकुटाकाे आयाेजनामा काेराेना पिडित महिलाहरूकाे सहयोगगार्थ सञ्चालन गरिएको भाग्यशालि चिठ्ठा उपहार कार्यक्रमकाे भाग्यशाली चिठ्ठा छथरजाेरपाटि गाउपालिका वडा नं ६ का प्रकाश श्रेष्ठलाई परेको छ । काेराेना पिडित महिलाहरूलाई सहयोगका लागि आयोजना गरिएको भाग्यशाली चिठ्ठा कार्यक्रममा १३ वटा पुरस्कारको व्यवस्था गरिएकाे थियोे ।
अखिल नेपाल महिला संघले आज धनकुटाकाे मदन चाेकमा एक कार्यक्रम आयाेजना गरि भाग्यशाली चिठ्ठा उपहार खाेलिएकाे हाे । सहयोगगार्थ चिठ्ठा कार्यक्रम काे प्रथम पुरस्कार ३३७२ नम्बर ल्यापटप छथरजाेरपाटि गाउपालिका वडा नं ६ हिलटप हाेटलका पकाश श्रेष्ठले  पाएका हुन । त्यस्तै गरि दाेस्राे पुरस्कार फ्रिज सागुरिगढी गाउपालिका डाडाबजारका सुजिन्द्र कुमार याख्खाले पाएकाे छ ।तेस्राे पुरस्कार सागुरिगढीका माेबाईल नन्दकुमारि परियारले पाएकाछन् । त्यस्तै गरि सान्त्वना पुरस्कारहरू प्रेम अाेझा छथरजाेरपाटि ४ ,अनु तामाङ छथरजाेरपाटि १ ,आेम विक्रम कट्टुवाल महालक्ष्मी ४,केदार ,उमा भट्टराई छथर , रायमाझी धनपा १ ,प्रनिस लिम्बू सागुरिगढी २ ,साेभित श्रेष्ठ धनपा ७ ,पाेषण श्रेष्ठ सुन्दर हरैचा १२, रमेश राई शहिदभुमि ,बविता तिमल्सिना पानपा १० रहेकाछन् । चिठ्ठा कार्यक्रम बाट भएको आम्दानि  संकलित रकम  तिहार पछि काेराेना पिडित महिलाहरूलाई वितरण गरिने संघले जनाएको छ । यसअघि असाेज २८ गते चिठ्ठा खाेलिने मिति ताेकिए पनि कारण वस राेकिएकाे चिठ्ठा आज खाेलिएकाे  संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय