धनकुटा,
शहिदभुमि गाउपालिकाले राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी जयन्ती धनवन्तरीको पुजा अर्चना गरी मनाईएको छ । गाउपालिकाको वडा नं ३ छिन्ताङ  आयुर्वेद औषधालयको आयोजनामा आज धनवन्तरीको पुजा अर्चना गर्दै आयुर्वेद चिकित्साको विषयमा सरकारवला र स्थानिय बिच , छलफल तथा अन्तरक्रिया गरी मनाईएको गाउपालिकाको प्रशासकिय अधिकृत राजकुमार शाक्यले बताउनु भयो ।
कार्यक्रममा बोल्नु हुदै गााउपालिका अध्यक्ष मनोज राईले नेपालमा वि .स. १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस स्थापना भएपछि धनवन्तरी जयन्ती मनाउन थालिएको जानकारी दिनुभएको थियो । त्यस्तै गरी उहाले आयुर्वेद चिकित्सापद्धति नसर्ने रोगहरुका लागि उपयोगि रहेको बताउनु भयो । साथै उहाले नेपाल सरकारले आयुर्वेद औषध चिक्तिसापद्धतिलाई मान्यता दिईसकेकाले स्थानियसरकारले पनि आयुर्वेद चिकित्सालाई अगाढि बढाउन सके आफ्नै गाँउ घर वन जङ्गंलमा पाइने जडीबुटीबाट विभिन्न रोगको उचार गर्न सकिने बताउनु भयो । साथै उहाले अरु औषधिले जस्तो आयुर्वै औषधीले साइड इफेक्ट नगर्ने बताउनु भायो । छिन्ताङ आयुर्वेद औषधालयका प्रमुख सन्जय प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रत्नश्वरी राई वडा अध्यक्षक्षहरु कर्मचारी स्थानियको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय