पाख्रिबासले गरे एकैदिन यति धेरै काम : गठबन्धनलाई विकासको विरोध गर्ने हैन जनताको मनजितेर आगामि चुनावमा चुनाव जितेर देखाउन राजेन्द्र राईको चुनौति ,
पाख्रिबासनगर पालिकामा नगरले गरेका विकास निमार्णको कामले गर्दा जनता निरास हुनुपर्ने अवस्था नरहेको भन्दै आगामि स्थानियतहको चुनावमा फेरिपनि एमाले पार्टीले क्लिन सिप गर्ने नेकपा एमाले पार्टिका अध्यक्ष तथा संघिय संसद राजेन्द्र कुमार राईले दावी गर्नु भएको छ । पाख्रिबास नगरपालिकाको नव निर्मित प्रशासनिक भवनको उदघाटन समारोहमा बोल्नु हुदै उहाले यस्तो बताउनु भएको हो । पाख्रिबासमा ४ वर्षको अवधिमा कृषि ,पर्यटन, सडक पुर्वाधार निमार्ण , शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएको विकासको चर्चा गर्नुहुदै उहाले जनप्रतिनिधि सासक नभइ सेवक भएर जनताको दैनिक सरकोकार सवालमा घरदैलोमा पुगेर सेवा दिइरहेको बताउनु भयो ।

त्यस्तै उहाले नगरमा भएको विकासनिमार्णमा अवरोध गर्ने र तोडफोड गर्ने विकास विरोधिहरुलाई अब आउदै गरेको स्थानिय तहको चुनावमा हामिले हैन जनताले समाप्त पार्ने बताउनु भयो । उहाले विकास विरोध गर्ने हैन जनताको मनजितेर चुनाव जितेर उहाले चुनौति दिनुभयो ।
नगरपालिकाको सुबिधा सम्पन्न साढे दुइतलाको भवन उदघाटन कार्यक्रम नगर अध्यक्ष वृष बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । सोहि कार्यक्रमका अतिथिहरु एमाले पार्टीका नगरअध्यक्ष सान्तिराम गौतम , छथरजोरपाटी गााउपालिका अध्यक्ष सेर बहादुर लिम्बु र शहिदभुमि गाँउपालिका अध्यक्ष मनोज राईले कार्यक्रममा बोल्नु हुदै जनताको घरघरमा विकासको आधार तयार भएको बताएकाछन् । प्रशासनिक भवन सञ्चालनमा आएसंगै जनताले सम्पुर्ण सेवा सुबिधा सहज रुपमा प्राप्त गर्ने बताएकाछन् । त्यस्तै स्थानिय सरकार सधै समृद्धिको सपना पुरा गर्नका लागि सपनाहरुलाई पछएर अघिबढिरहेको बताएकाछन् ।
२०७५ साल साउन बाट निर्माण कार्य थालिएको भवन २०७८ साल बैशाखमा निमार्णकार्य सम्पन्न भएको हो। साढे दुइतलाको भवन निमार्णका लागि ४ करोड ४२ लाख २८ हजार ९ सय ३८ रुपैया खर्चलागेको नगरले जनाएको छ । सो उदघाटन समारोहको स्वागत मन्तवय नगरका उपाध्यक्ष देवकला तिम्सिनाले राख्नु भएको थियो । कायृक्रममा शहिदभुमि गााउपालिकाको उपाध्यक्ष रत्नश्वरी राई , विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लागायत जनप्रतिनिधिहरु , कर्मचारी स्थानियको उपस्थिति रहेको थियो ।


सोहि उदघाटन समारोहको अवसरमा नगरको भुल्के खानेपानी पम्पिङ आयोजनाको शिलान्यास गरिएको छ ।
राम्चे डाडामा निमार्ण गर्न लागिएको आयोजनाको संघीय संसद राजेन्द्र कुमार राइले शिलान्यास गर्नुभएको हो । संघीय खानेपानी ,तथा ढल, व्यवस्थापन , मुगाखोला खानेपानी तथा सरसफाइ समिति र नगरको आर्थिक लगानीमा सम्पन्न हुने आयोजनाको निर्माण श्री सि। ए।बि युनिभर्सल जोइन्ट भेन्चर दमकले जिम्मा लिएको छ ।आयोजनाको कुल लगत २८ करोड ५८ लाख ७२ हजार ४९ रुपैया रहेको छ भने सम्झौता रकम १३ करोड ७९ लाख ९३ हजार ९८ रूपैयाँ रहेको छ । यो आयोजनाको सम्झौता मिति २०७८ साल २३ गते रहेको छ भने आयोजनाको २०८० साल ३ महिना २२ गते रहेको छ । सोहि अवसरमा दिगो खानेपानिको व्यवस्थापनका लागि समितिले गरेको कामको मुल्यांकन गर्नुहुदै नेपाल बैंक पाख्रिकासले रु २० हजार आर्थिक सहयोग गरेको छ ।
त्यस्तै गरी पाख्रिबासनगरपालिकामा निर्माण गरिएको भिउटावर को उदघाटन गरिएको छ । नगरपालिकाको पर्यटन विकास तथा प्रवद्वन गर्ने उदेश्यले १ करोड १४ लाख ३८ ९ सय ६५ मा भिउ टावरको निर्माण कार्य सम्पन्न गरिएको टावरको संघीय संसद राजेन्द्र राईले रिवन काटेर उदघाटन गर्नु हो। टावर उद्घाटन पछि पाख्रिबासमा भिउटावर निर्माण गरेर नगरको पर्यटन क्षेत्रमा आन्तरिक तथा बाहिय्य पर्यटन भित्र्याउन सहयोग पुग्ने बताएकाछन् । ।


त्यस्तै गरी नगरले भिउटावर निमार्णका लागि जग्गा उपलब्ध गाराउनु हुने जग्गा दाता र नगरको भवन निमार्णका लागि जग्गा उपलब्ध गराउनु हुने जग्गा दाताहरु र भवन निमार्ण गनेृ निमार्ण व्यवसायि र कार्यक्रमका प्रमुख अतिथि संघिय संसद राजेन्द्र राईलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।














