छथरजोरपाटि गाँउपालिका वडा नं ५ स्थित वोर्गेमा नवनिर्मित थ्याक छेलिङ गुम्बाको उदघाटन गरिएको छ । गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लाक्पा तेन्जि शेर्पाको अध्यक्षतामा सम्पन्न गुम्बा उदघाटन समारोहका प्रमुख अतिथि संघिय संसद राजेन्द्र राईले उदघाटन गर्नुभएको हो ।
गुम्बाको उदघाटन गर्नुहुदै संसद राईले शेपा समुदाएको आर्थिक शैक्षिक सामाजिक रुपान्तरण नेकपा एमाले पार्टीले मात्र गर्ने बताउनु भयो । त्यस्तै उहाले गुम्बा निमार्ण गरेर मात्र नहुने भन्दै गुम्बालाई चाहिने लामा पनि उत्पादन गर्न सक्नु पर्छ भन्दै बौधशिक्षाको व्यवस्था गर्न सल्लाहा दिनुभयो ।

धार्मिक तथा सास्कृतिक पर्यटन व्यवसायको राम्रो सम्भावना रहेको भन्दै त्यसतर्फ लाग्न आग्रह गर्नु भएको छ । कार्यक्रममा विभिन्न संघ संस्थाको तर्फबाट फेकोफोनका जिल्ला अध्यक्ष निल बहादुर थापा , छथरजोरपाटी आदिवासी जनजाति महासंघका अध्यक्ष दिपक गुरुङ ,नेवा पुक्ष अध्यक्ष सिदुवा नविन श्रेष्ठ , विभिन्न राजनितिक दलको तर्फबाट एमालेपार्टीका छथरजोरपाटि गाउकमिटी अध्यक्ष इन्द्र सारु मगर , छथर जोरपाटि गाउपालिका अध्यक्ष सेर बहादुर लिम्बू र जिल्ला समन्वय समिति धनकुटाका सदस्य सिब आङलाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा गाउपालिका उपाध्यक्ष भिमकला श्रेष्ठ  लामा गुरु , शेपा संघका पधाधिकारीहरु, विभिन्न जातिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत स्थानियको उपस्थिति रहेको थियो । गुम्बा निमार्णका लागि भुकम्पिय पुर्ण निमार्ण जिलला योजना बाट रु ५० लाख, स्थानिय सरकार गााउपालिकाको ८ लाख ३२ हजार ९ सय ३२ रुपैया र गुम्बा समितिको तर्फबाट ८ लाख३२ हजार ९ सय ३२ रुपौया गरी जम्मा ६६ लाख ६५ हजार ८ सय ६४ लगतमा निमार्ण गरिएको गुम्बा निमार्ण समितिले जानकारी दिएको छ । सो गुम्बा उदघाटन कार्यक्रम समाजसेवि पद श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय