धनकुटामा आगामी मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुने भएको छ । आयोजक धनकुटा एभोकाडो कृषक समुहले मगलबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी दिएको छ ।

धनकुटा नगरपालिकाको सह–आयोजनामा सम्पन्न हुन लागेको उक्त महोत्सवमा ५० वटा स्टलहरु रहने आयोजकले जानकारी दिएको छ । धनकुटा नगरपालिका वडा नं.६ स्थित् मुख्य बजारको परिचय मोड स्थित एभोकाडो स्तम्भ भएको स्थानमा हुने उक्त महोत्सवको पहिलो र दोश्रो दिन स्थानिय किसान तथा ब्यापारीहरुका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् ।
दोस्रो दिन एभोकाडो उत्पादक कृषक, एवोकार्डो विज्ञ, दार्त निकायका प्रतिनिधिहरु र सरोकारवालाहरु बीच एभोकाडोको वजारिकरण प्रबद्र्धनका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिने आयोजक संस्था तथा समुहका अध्यक्ष खेमराज थापाले जानकारी दिए ।

कार्यक्रममा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले यो बर्ष एभोकाडो प्रबद्र्धन कार्यक्रमका लागि १ करोड बजेट बिनियोजन गरिएको जानकारी दिए । एभोकाडो प्रबद्र्धनको कार्यक्रम अब कृषकहरुले लिनुपर्ने बताउँदै उनले नगरपालिकाले खेती सम्बन्धी आउने समस्याका लागि बिज्ञहरुको छुट्टै परामर्श केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई र धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापाले महोत्सव सफलताको शुभकामना दिनुभएको थियो ।
उनीहरुले एभोकाडो खेती धनकुटा नगरपालिकाले गरेको सबैभन्दा उपलब्धी मुलक कार्यक्रम भएको दावी गरेका छन् । पहिलो पटक वि.सं.२०७५ सालमा कृषि अभियान्ता जीवनकुरमार राईको बिषेश पहलमा धनकुटा नगरपालिकाले नगरलाई एभोकाडोको राजधानी घोषणा गरेको थियो ।


प्रति के.जी.५० रुपैंयामा बिक्री हुंदै गरेको एभोकाडो राजधानी घोषणा पछि उक्त मूल्य बढेर प्रति केजी सिजनको शुरुमा २ सय ५० देखी अन्त्यसम्मा ७ सय ५० सम्म पुग्ने गरेको छ । हाल धनकुटामा प्रति के.जी. रु १ सय ५० देखी २ सय ५० सम्म मूल्य रहेको एभोकाडो सकिने समयमा ७ सय ५० सम्म पुग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय