शहिदभुमि गाउँपालिका वडा नं १ गाेपाल पुरमा जारी खुल्ला नकआउट महिला तथा पुरुष फुटबल प्रतियोगिताकाे  तेस्रो दिन ६ खेल सम्पन्न भएको छ । सरस्वती युवा क्लबकाे आयाेजनामा कात्तिक २२ गतेदेखि सञ्चालन भईरहेकाे खुल्ला नकआउट फुटबल प्रतियोगितामा २३ टिमको सहभागीता रहेको थियोे । खेलकाे अज तेस्रो दिनकाे पहिलो खेलमा चाम्चा र अखुवा बिच भएको खेलमा 0- १ ले चाम्चा विजयी भएको छ । त्यस्तै दाेस्राे खेलमा भक्त वाेलन र नव युवा क्लब बिच भएको खेलमा 0-2 ले नव युवा क्लब बिजयी भएको छ । तेस्रो देउराली र साप्तिङटार बिच भएको खेलमा पेनाल्टी सुट आउटमा ३-४ ले साप्तिङटार बिजयी भएको छ । यस्तै चाैथाे खेल अनतरगत खाल्साथुम र धारापानि बिच भएको खेलमा पेनाल्टीमा २-४ ले धारापानी बिजिय भएको छ । पाचौं खेलमा धाप र पिलिया बिच भएको खेलमा ०-२ ले पिलिया बिजयि भएको छ । यस्तै छैटौं तथा अन्तिम खेलमा अादर्श युवा क्लब र चिम्रा बिच भएको खेलमा 0-2 ले अादर्श विजयी भएको छ । त्यस्तै  क्वाटर फाईनल खेलमा सागुरिगढी पाेक्ला र मुलघाट बिज भएको खेलमा 2-4 गाेल लगाउदै मुलघाट  फाईनलमा प्रवेश गरेको छ । त्यस्तै महिला तर्फकाे खेलमा साप्तिङटार र तातोपानी विच भएको खेलमा २-३ ले ताताे पानी फाईनलमा प्रवेश गरेको क्लबका अध्यक्ष अजय राईले जानकारी दिनुभएको छ । खेलका प्रथम पुरस्कार ५० हजार ट्रफी मेडल प्रमाणपत्र र दाेस्राे पुरस्कार रु २५ हजार ट्रफी मेडल प्रमाणपत्र रहेको क्लबले जनाएको छ । उत्त खेल सम्पन्न गर्नका लागि गाउँपालिकाकाे तर्फ सहयोग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय