शहिदभुमि गााउपालिका वडा नं ४ खोकुले एक कार्यक्रमका बिच सर्वौत्कृष्ट ,उत्कृष्ट कृषकलाई सम्मान तथा उन्नत जातको आलुको विउ वितरण गरेको छ ।
एमाले जिल्ला पार्टी अध्यक्ष तथा संघीय प्रतिनिधि सभासदस्य राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५२ क्वइटल १४ केजि आलुको विउ वडा नं ४का कृषकलाई वितरण गरिएको हो । कार्यक्रममा बोल्नु हुदै संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले जनताको जिवनमा परिवर्तन ल्याउन , अर्थिक रपान्तरण गर्नका लागि कृषिक्षेत्रमा प्राबिधिक विषयलाई जोडदिनु पर्ने बताउनु भयो । कीसानलाई कसरी व्यवसायकिरण र आधुनीकिकरण गर्न र कृषिमा आधुनिकीकरण ल्याउनका लागि एमाले पार्टीले सधै गम्भिर संग सोचेर काम गरिरहेको बताउनु भयो । साथै सहिदभुमिमा किसानको जिवन स्तरमा सुधार गर्नका लागि कृषि क्यामपसको व्यवस्था गर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा तरकारी उत्पादनमा सवोत्कृष्ट भएका ४ जना कृषकलाई सम्मान गरिएको छ । जस अनुसार जयकुमार राई,ओमप्रकाश खड्का, मित्र बहादुर राई र बिना राई रहेकाछन् । त्यस्तै तरकारी उत्पादन गरेर उतकृष्ट भएका २५ जना कृषकलाई पनि सम्मान गरेका थिए ।
वडा नं ४ ले वडामा तरकारी उत्पादनमा कृषकलाई व्यवसायिक रुपमा तरकारी खेतिमा लाग्न थप प्रोत्साहान तथा तरकारी उत्पादन वृद्धि गर्नका लागि ३ लाख ६४ हजार ९ सय ८० रुपैया बराबरको उन्तजातका खोकुको हावा पानी माटोमा खेति गर्न मिल्ने कार्डिनल जातको आलुको विउ खरिद गरेर वितरण गरिएको वडा अध्यक्ष भुपेन्द्र राईले जानकारी दिनु भयो । कार्यक्रममा वडा अध्यक्षहरु मल्सुराम राई, बम बहादुर राई , गााउपालिकाको प्रमुख प्रशाासकिय अधिकृत राजकुमार शाकय ,एमाले पार्टी गाउकमिटी अध्यक्ष निर बहादुर राई , शिक्षक होम बहाुर राईले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय