आफ्नो सरकार भएको बेला सहिद परिवारलाई ४२ बर्ष पछि प्रदेश सरकार मार्फत ५/५ लाख राहत उपलब्ध गराएको स्मरण गराउँदै एमाले बाहेक छिन्ताङ्गका सहिदहरुलाई कसैले वास्ता नगरेको केपी शर्मा ओलीले बताउनुभयो ।नेकपा एमाले धनकुटाद्धरा धनकुटाको छिन्ताङ्गमा आयोजित ४३ सहिद स्मृति दिवशलाई सम्बोधन गर्दै आलीले यस्तो बताउनुभएको हो ।

त्यस्तै बहुमतको सरकार फुटाउने अनि काङ्ग्रेसको दैलोमा मन्त्री चाहियो भनेर बिरालो जसरी ढुक्न जानेहरुलाई काङ्ग्रेस पार्टीमा लाग्न सुझाव समेत दिनु भयो । नेपाल बिश्वको १० औं धनी राष्ट्रमा पर्न सफल भएको बताउँदै अबको चुनावमा एमालले बहुमतको सरकार बनाएर मुलुकलाई बिश्वकै धनी देश बनाउने पनि ओलीको दाबी गर्नु भयो ।

‘अझैपनि जनलहर एमालेमा छ,आउने चुनावमा एमालेले बहुमतको सरकार बनाउँछ’– उहाँले भन्नुभयो । उहाले सुर्यबहादुर थापाको विरासतको डोको बोकेर उनका छोरा सुनिलबहादुर थापा काङ्ग्रेसमा प्रवेश गरेकाले अब ०३६ सालको छिन्ताङ हत्याकाण्डको जिम्मा पनि डोकोसंगै काङग्रेसको हुने बताउनु भयो । ‘पल्लो गाउँका मान्छे देशको प्रधानमन्त्री भएको वेला वल्ला गाउँका जनताको हत्या भयो ।’ उहाले कार्यक्रममा भने, ‘अब धनकुटामा नेपाली काग्रेसलाई सबैले चिन्ने बेला आएको छ ।’

जिल्लाको ७ स्थानिय तह,२ प्रदेश सभा र १ केन्द्रिय सभा सहित ६० वडा मध्ये ४३ वडा जितेर एमालले क्लिन स्वीप गरेको धनकुटामा अबको चुनावमा एउटा सदस्य पनि अन्य दलले नजित्नेगरी लाग्न पाटी कार्यकर्ताहरुलाई ओलीले निर्देशन दिनुभयो ।

नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्रकुमार राईको अध्यक्षतामा सम्पन्न शहिद स्मृति सभामा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, शंकर पोख्रेल, पुर्वगृहमन्त्री एवं स्थायी कमीटी सदस्य रामवहादुर थापा वादल, एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य गोपाल गुरागाँई, नेता राजेन्द्र गौतम, माओवादीबाट एमालेमा प्रवेश गरेका झापाका दुर्गा प्रसाई लगायत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय