निमार्णधिन मदनभण्डारी लोकमार्ग सहित राष्ट्रिय गौरवका भेडेटार ,राजारानी रवी राके सडक खण्डको संघीय विकास तथा प्रविधि समितिले अवलोकन तथा निरिक्षण गरिएको छ । संघीय विकासतथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काको नेतृतवमा संसदिय दलका संसदहरु यज्ञ सुनुवार ,राजेन्द्र राई , टेक बहादुर बस्नेत र गजेन्द्र महतको टोलिले निमार्णधिन मदनभण्डारी लोकमार्ग अन्तरगत भेडेटार ,राजारानी रवी राके सडकको अवलोकन तथा निरिक्षण गर्नुभएको हो ।
सडकको अवलोकन तथा निरिक्षण पछि सागुरिगढी गााउपालिकाले एक कार्यक्रमका बिच स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी टोली संग सडकको विषयमा छलफल तथा अन्तरक्रिया गरेकाछन् । छलफल तथा अन्तरक्रियाका क्रममा गाउपालिका अध्यक्ष कुमार जंग याख्खाले गाउपालिकाको भेडेटार बजार पुराने पर्यटकिय शहर भएकाले सडकको राइड अफ वएका कारण पुरानो शहरको निजि सम्पती ध्वस्त हुनेभएकाले विशेष निर्णय गरेर जानु पर्ने बताउनु भयो ।
त्यस्तै गरी उहाले स्थानीय बासीको माग सम्बोधोन गरी बजार संरक्षण हुने गरी मापदण्ड निमार्ण गरेर सडक सिमालाई आधार मानेर जानुपर्ने बताउनु भयो । त्यस्तै गरी गााउपालिकाको प्रमुख प्रशाससकिय अधिकृत जयराम श्रेष्ठले गाउपालिका विषयमा जानकारी गराउनु भएको थियो ।
छलफल तथा अन्तरक्रियामा सहभागि स्थानिय बुद्धिजीवी समाजसेवि रमेश लिम्बू र जगद बहादुर राईले धेरै पर्यटकिय स्थलहरुमा सडकको समस्या रहेको भन्दै राष्ट्रिय गौरवको सडक निमार्णका क्रममा पर्यटकिय स्थल तथा समभावना बोकेका ठाउ लाई प्राकृतिक सुनदरतालाई जोगाउने चाहाना हुदाहुदै पनि नसकिरहेको बताउनु भयो ।
यहाका जनताले सरकारलाई करडौ राजश्व बुझाईरहेको भन्दै राजमार्ग र सहायक राजमार्ग कारण सबै घरहरु भत्किने अवस्था रहेकाले सबै राजनितिकदल एकहुन आवाशयक रहेको बताउनु भयो । राजमार्गले क्षेति नहुने गरी सडक निमाणर््ा गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा बोल्नु हुदै समितिका सभापति कल्याणी कुमारी खड्काले सुनेर बुझ्ने भन्दा पनि देखेर हेरर ठाँउको अवलोकण निरिक्षण गरेर समस्याको समाधानका लागि जुटिरहेको जानकारी गराउनु भयो ।
त्यस्तै उहाले सडक सिमाको विषयमा ठााउ अनुसार समितिले आवाश्यक निति निमार्णमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । साथै उहाले पर्यटन क्षेत्रको विकास तथा आकार्षणमा सम्मान तथा व्यवहारले प्रभाव पार्ने भएकाले धनकुटाको भेडेटारमा पर्यटनलाई गर्ने सम्मान व्यवहार राम्रो रहेको भन्दै प्रशंसा समेत गर्नु भयो ।












