शहिदभुमि गाँउपालिका धनकुटाले ३० आंै अन्तराष्ट्रिय अपाङ्गता दिवशको अबसरमा र्याली तथा कोणसभाको आयोजना गरेर अपाङ्गता दिवश मनाईएको छ ।
“हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्क्तिको अधिकार” लेखिएको व्यानर सहित गाउपालिकाको पिप्ले तथा आखिसल्ला बजारको परिक्रमा गरी पिप्लेमा कोणसभा गरीएको थियो । उक्त कोणसभालाई गााउालिका अध्यक्ष मनोज राईले सम्बोधन गर्नुभएको राईका स्वकिय सचिव केसव राईले जनाकारी दिनुभएको छ । गाउपालिकाको आर्थिक सहयोग तथा अपाङ्ग सेवा समाज समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा ७ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति रहेको थयो ।












