भेडेटारमा सञ्चालित साहासिक जीपलाईन खेल धनकुटाका संघिय प्रतिनिधि सभा सदस्य राजेन्द्र राई र ओखलढुङ्गाका सघिय प्रतिनिधि सभासदस्य यज्ञराज सुनुवारले एकै साथ जीपलाईन खेल खेल्नु भएको छ ।
प्रदेश १ कै पर्यटकिय स्थल भेडेटारमा पर्यटन क्षेत्रको विकास तथा पर्यटनको आकार्षणमा महत्वपुर्ण भूमिका खेलेका जीपलाईन खेल विश्वभर माहामारीको रुपमा फैलिएको कोभिडका कारण प्रभावित बनेको खेलको प्रमोटिङका लागि सागुरिगढी गााउपालिका धनकुटाले संघिय संसद राइ र सुनुवारलाई खेलको व्यवस्था गरेका थिए ।
यो खेल संसद राईर सुनुवारले साहासिक सँगै पर्यटन केन्द्रित खेल भएकाले प्रचार प्रसार गर्नसके पर्यटन व्यवसायलाई सफल पार्न सहयोग पुग्ने बताउनु भयो । त्यस्तै गरी उहाहरुले पर्यटन संग जोडिएका क्षेत्रहरुलाई संरक्षण प्रवद्धनका लागि तिनै तहका सरकार लागिपरिरहेको बताउनु भयो ।












