हिले माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी ६० औ बार्षिकोत्सव हिरक जयन्ती मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा धनकुटा नगरपालिका प्रमुख चिनतन्न तामाङको अध्यक्ष्तामा विभिन्न कार्यक्रम गरी विद्यालयले ६० वर्ष पुगेको अवसरमा हिरक जयन्ती मनाएको हो । कार्यक्रममा विधलयका उत्कृष्ट नतिजा ल्याउने , जेहेन्दार , मेहनेति ,इमान्दा र सबै परिक्षामा अहिले सम्म प्रथम स्थान हासिल गरेका १३ जना विधर्थिहरलाई विधालयमा अक्ष्यकोष स्थापना गरेका संस्थापक दाता परिवार जनले जनहि नगद ३ हजार छात्रावृति प्रदान गरिएको छ भने विधलयको तर्फ बाट ३ जना विद्यार्थिलाई जनहि नगद २ हजार छात्रावृति प्रदान गरेका थिए ।
त्यस्तै गरी विद्यालयका ६ जना पूर्व प्रधानाध्यापकहरुलाई पनि सम्मान पत्र र दोसोल्ला ओढाएर कार्यक्रमा प्रमुख अतिथि प्रदेश शिक्षा विकास निर्देशनका प्रमुख राजेन्द्र प्रसाद बुढाथोकि , शिक्षा विकास समन्वय समिति धनकुटाका प्रमुख मोहन राई, विधलयका प्रधानाध्यापक , विशिष्ट अतिथि वडा नं १ का वडा अध्यक्ष निरन तामाङ लगायतले सम्मान गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद आचार्यले विद्यालयको आर्थिक वर्ष २०७७।०७८को वाषर््िाक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विधालयका प्रधानाध्यापक ,शिक्षक अभिभावक विद्यार्थिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहप्रधानाध्यापक गणेश पिठाकोठे मगरले गरेका थिए ।












