सहिद प्रकाश थापा स्मृति ट्रष्ट भलिबल प्रतियोगिताकाे उपाधी सभापाेखरी गाउपालिका संखुवासभाले जितेको छ ।
सहिदभुमि गाउपालिका धनकुटाकाे आयाेजनामा मंसिर १८ गते देखि पालिकाकाे वडा नं १ घंगरुमा सञ्चालित सहिद प्रकाश स्मृति ट्रष्ट भलिबल प्रतियोगिताकाे उपाधी सभापाेखरी गाउँपालिका संखुवासभाले जितेको हाे । जित संगै सभापाेखरी गाउपालिकाले नगद १ लाख सहित ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । हतुवागढी गाउपालिका भाेजपूर प्रतियोगिताकाे दाेस्राे भएको छ भने ५५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार पाएकाछन् । प्रतियोगिताका तेस्राे भाेजपुर अामचाेक गाउपालिकाले पनि नगद १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । खेल अबधि भरका उत्कृष्ट खेलाडी प्रदिप कट्टेल घाेषित गरिएको छ भने उस्ले नगद ५ हजार पुरस्कार पाउन सफल भएको छ । त्यस्तै गरि खेलका वेस्ट सरभर राेमन बस्नेत , वेष्ट डिफेन्डर जीवन राई ,वेष्टब्लकर भवानी बराकाेटी ,वेष्टसेटर प्रकाश मगर र वेष्टस्पाईकर राजकुमार तामाङ भएकाछन् । उनिहरुले जनहि नगद २/२ हजार पुरस्कार पाएकाछन् । प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष मनाेज राई , सहिद प्रकाश थापा स्मृति ट्रष्टका अध्यक्ष लगायतले खेलका पुरस्कार प्रदान गरेका थिए । त्यस्तै गरि सहिद प्रकाश थापा स्मृति ट्रष्टका संरक्षक गाेपाल थापाले गाउपालिका अध्यक्ष मनाेज राईलाई सम्मान पत्र र खदा सहिद सम्मान गरिएको छ ।












