लैङ्गिक हिंसा विरुद्धको १६ दिनेअभियानको अवसरमा सहिद भुमिगाउपालिका धनकुटाले सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

गाउपालिकाले सात वटै वडाका विभिन्न समुहमा आवद्व महिला सदस्यहरुलाई लैङ्गकि हिंसा सम्बन्धि तालिम सञ्चालन गरी लैङ्गिक मुल्य मान्यता र भुमिका विश्लेषण हिंसा र घरेलु हिंसा , बाल बिबाह र समाजमा परेका असर ,कानुनी ब्यवस्था ,महिला बिरूद्को अपराध र कानुनी व्यवस्था , मनोसामाजिक स्वास्थ्य र परामर्श , स्रोतमथि पहुँच र नियन्त्रण ,नेपालमा महिलाको अवस्था लगायत विषयमा महिलाहरुलाई प्रशिक्षण दिएकाछन् ।

मंसिर १८ गतेदेखि सञ्चालन गरेको तालिम बुधबार कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष मनोज राईले एक कार्यक्रमका विच समापन गर्नुभएको हो । तालिममा सहभागीहरुलाइ महिला पुनरस्थापनाकेन्द्रका सुकृराईले सहजिकरण गरेको महिला तथा बालबालिका विकास साखाका प्रमुख प्रकृति राई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय