सहिदभुमि गााउपालिका धनकुटाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका बालबालिकाहरुलाई पोषण खाद्य सामाग्रि वितरण सुरुगरेको छ । गााउपालिकाको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका बालबालिकालाई पोषण युक्त खाद्यय सामाग्रि घरदैलो कार्यक्रम सञ्चालन गरी सामाग्रि वितरणकार्य बुधबार बाट सुरुवात गरेकाछन् ।
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत छनौट भएका १२ जना अपाङ्गता भएका बालबालिकाहरुलाई पोषण खाद्यय सामाग्रि वितरण गरीने गाँउपालिकाले जनाएको छ ।

बुधबार गाउपालिका उपाध्यक्ष रत्नश्वरी राई ,प्रमुख प्रशाासकिय अधिकृत राजकुमार शाक्य , स्वास्थ्य शाखा प्रमुख फकिरमहोमद ,वडा अध्यक्ष रत्न बहादुर राई लगायत कर्मचारीहरुको टोलिले घरघरमा पुगेर खाद्ययन सामाग्री वितरण गरिएको हो ।












