सहिदभुमि गाउपालिका धनकुटाले लैङ्गकि हिंसा सम्बन्धि १६ दिने अभियानको अवसरमा गाउपालिका भित्रको मावि र अधारभुत विघालयका छात्राहरूको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ८ वटा वि.द्यालय सहभागिता रहेको थियो , प्रथम प्रतीक्षा प्रधान , सिद्द्देभि आधारभुत बि भएको छ । त्यस्तै दोस्रो शिक्षा राई जिवन, सुधालय आ .बि. तेस्रो ,निया राई, आदर्श मा.बि भएकाछन् ।

कार्यक्रम का प्रमुख अतिथि गाउपालिका अध्यक्ष मनोज राई र अतिथिहरू उपाध्यक्ष रत्नश्वरी राई, गाउपालिका को प्रमुख प्रशाससकिय अधिकृत राज कुमार शाक्य , प्रधानाध्यापक सम्सेरमान राई लगायात शिक्षक शिक्षिकाहरूले नेपाली शब्दकोष, डायरी, प्रमाणपत्र , खाँदा लगाएर प्रतियोगितामा प्रथम तथा दितिय सान्त्वना भएका छात्राहरूलाई पुरस्कार वितरण गरिएको गाउपालिकाको महिला तथा बालबालिका विकास शाखा प्रमुख प्रकृति राईले जानकारी दिनुभएको छ ।












