अनेम संघ सहिदभुमि गाउकमिटीको आयोजनामा लैङ्गकि हिंसा सम्बन्धि १६ दिने अभियानको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका गाउकमिटी अध्यक्ष मनकुमारी राईको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा लैङ्गकि हिंसा सम्बन्धी के हो , कसरी नियन्त्रण गर्न सकिन्छ ,अनेम संघको भुमिका के रहन्छ भन्ने विषयमा कार्यक्रमका प्रमुख अतिथि तथा अनेम संघका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज सुस्मा किराँती राईले प्रस्तुत गर्नु भएको थियोे । प्रस्तुत कार्यपत्रको विषयमा सहभागीहरु बिच छलफल गरेका थिए ।

कार्यक्रममा मन्तव्य कार्यक्रमका विशेष अतिथि पार्टीका जिल्ला सचिवालय सदस्य तथा गाउपालिका अध्यक्ष मनोज राई , गाउकमिटी सहईन्चार्ज तथा उपाध्यक्ष रत्नश्वरी राई , जिल्ला अध्यक्ष सिमा राई , प्रदेश कमिटी सदस्य रोजा राई सहसचिव सावित्रा राई र सदस्य अस्मिका राईले राखेका थिए । कार्यक्रमको स्वागत मन्तव्य संघका दिवानी राईले राख्नुभएको थियोे भने सञ्चालन रस्मिता राईले गर्नु भएको थियोे । कार्यक्रममा जनप्रतिनिधिहरु स्थानीय महिला दिदीबहिनीको उपस्थिति रहेको थियोे ।












