सहिद भुमिगाउपालिमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न

सहिद भुमिगाउपालिका धनकुटाको पशुशाखा कार्यलयको आयोजनामा एक दिने पशुस्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा वडा नं २ अखुवाटारका १ सय १६ घरधुरी कृषकका पशुपन्छिको उपचार तथा औषधि वितरण गरेको पशुशाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनुभएको छ । शिविरमा ९ सय ८२ गाईगोरु , बाख्रा १३ सय ३९ ,कुखुरा ८ सय ४५, कुकुर १३ , बंगुर १५ वटाको उपचार तथा औक्षधि वितरण गरिएको छ । कार्यक्रम वडा नं २ का वडा अध्यक्ष रत्न बहादुर राईको अध्यक्षतामा भएको थियोे ।

कार्यक्रमका वडा सदस्य सोम मगर , पशुप्राविधिकहरू हरीकुमार राई , लोकमान राई ,बासुदेव बास्कोटाको उपस्थिति रहेको थियोे । कृषकको माग अनुसार अन्य ठाउँपनि सञ्चालन गरिन्ने गाउपालिका पशुशाखा कार्यलयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय