धनकुटा सेवा समाज दक्षिण कोरियाले नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आयोजना गरेको पत्रकार कल्याण कोषमा जम्मा हुने गरी ३० हजार नगद आईतवार एक कार्यक्रमको विच हस्तान्तरण गरेको छ । समाजका उपाध्यक्ष निर्मला खड्काले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईलाई हस्तान्तरण गरेका हुन् ।
नेपाल पत्रकार महासंघ धनकुटाले वि.सं.२०६६÷०६७ सालमा तत्कालिन शाखा अध्यक्ष विजय सन्ताषी राईकोपाला देखी देखी देउसी खेलेर स्थापना गरेको पत्रकार कल्याणकारी कोषबाट धनकुटामा रहेका क्रियाशिल पत्रकारहरुलाई आपत्त विपत्त परेको वेलामा सहयोग गर्दै आएको छ ।
सो अवसरमा वोल्दै धनकुटा सेवा समाज कोरियाका उपाध्यक्ष निर्मला खड्काले आफूहरु प्रभासमा रहेर आफ्नो देशको लागी सामाजिक सेवा गर्ने भावले सहयोग संकलन गरेर हस्तान्तरण गर्दै आएको वताए ।
उनले पत्रकार महासंघ धनकुटालाई मात्र नभएर जिल्लाको विभिन्न भागमा पनि आर्थिक सहयोग गर्दै आएको वताईन । नगद हस्तान्तरण तथा सहयोग ग्रहण कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका पुर्व अध्यक्ष खगेन्द्र घिमिरे, पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास, फोनिजका निवर्तमान अध्यक्ष सन्तवीर लामा लगायतको उपस्थिति रहेको थियो ।












