सहिद भुमिगाउपालिका धनकुटाले सहकारी सम्बन्धि सचेतना मुलक जागरण कार्यक्रम सम्पन्न गरेको छ । गाँउपालिकाको अध्यक्ष मनोज राईको अध्यक्षतामा सञ्चालित कार्यक्रममा पालिका भित्रका विभिन्न सहकारी संस्थामा आवद्ध सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुलाई सहकारी ऐन नियम ,सहकारी गठन विधि ,सहकारीमा लैङ्गिक समानता ,सहकारी वयवसाय रअन्य व्यवसाय विच फरक र सहकारीमा सुसासनका विषयमा गााउपालिकाको रोजगार संयोजक तथा सहकारी विभाग प्रमुख सिता पौडेलले सहजिकरण गर्नु भएको थियो । कार्यत्रममा प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य लगायत कर्मचारीहरुको उपस्थितिरहेको थियो ।












