सहिदभुमि गाँउपालिका धनकु्टाले आज वडा नं १ घंगरुमा पशुस्वास्थ्य सिविर सञ्चालन गरेको छ । सिविरमा ७५ घरधुरीका कृषकले पालेका पशु्पन्छि उपचार तथा औषधि वितरण गरिएको पशुशाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिन्ुभयो ।

बाख्रा १३ सय ५४ ,गाईगोरु १ सय ९० ,भैसि ३१ , बंगुर १ सय ३९ र कुखुरा ९ सय ८३ वटाको उपचार तथा औषधि वितरण गरेको पशुशाखा प्रमुख पौडेलले जानकारी दिन्ुभयो । सिविर गाउपालिका उपाध्यक्ष रत्नश्वरी राई र कार्यपालिका सदस्य सरस्वती कार्किको उपस्थितिमा सम्पन्न भएको थियो ।

सिविरमा पशुप्राबिधिकहरु हरी कुमार राई, दिपक राई, लोकमान राई र बासुदेव बास्कोटाको सहभागिता रहेको थियो । गाउपालिकाको पशुशाखा कार्यलयले आर्थिक वर्ष २०७८।०७९ को वार्सिक स्वकृत कार्यक्रम अन्तरगत पशुसस्थ्य सिविर सञ्चालन गरिएको पशुशाखा कार्यलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय