पुुषे मेलाको अवसरमा सहारा युवा क्लवको आयोजनामा छथरजोरपाटि गााउपालिका धनक्टामा भलिवल तथा फुटबल खेल सम्पन्न भएको छ ।

छ्थर जोरपाटी वडा नम्बर ५ मा सहारा युवा क्लवद्वारा पुषे मेलाको अवसरमा आयोजना गरिएको भलिवल खेलको उपाधी छ्थर जोरपाटी वडा नम्बर ६ ले जितेको छ भने फुटबल तर्फ को उपाधी काजिमान फुटबल क्लव जित्न सफल भएको छ ।


पुषे मेलाको उपलक्ष्यमा ७ दिन देखि जारी खेलकुद प्रतियोगिता अन्तर्गत भलिवल तर्फको उपाधी को लागि ८ टिमले सहभागीता जनाएका थिए । वेस्ट अफ फाइभमा खेलाइएको फाइनल खेल छ्थर जोरपाटी वडा नम्बर ६ ले वडा नम्बर १ लाई ३(१ को सेटमा जित दर्ता गर्दै उपाधी जित्न सफल भएको थियो ।

त्यस्तै गरि फुटबल तर्फको फाइनलमा मछिन्द्र युवा क्लव सुदाप विरुद्ध ३(० को स्पष्ट अग्रता निकाल्दै काजिमान फुटबल क्ल्व जित्न सफल भयो । फुटबल तर्फ विजेता लाई नगद चालिस हजार र उपविजेता लाई पच्चीस हजार सहित , ट्रफी, मेडल र प्रमाणपत्र तथा भलिवल तर्फ विजेता लाई नगद पन्ध्र हजार र उपविजेतालाई नगद सात हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र छ्थर जोरपाटी गाउँपालिका अध्यक्ष शेर बहादुर लिम्बू र छ्थर जोरपाटी वडा नम्बर ५ वडाध्यक्ष सुरेन्द्र कुमार लिम्बुले संयुक्त रुपमा वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय