मेथी मानव स्वास्थ्यका लागि धेरै नै फाइदाजनक हुन्छ । मेथीलाई हामी तरकारी तथा अचारमा प्रयोग गर्छौं । मेथी मानव शरीरका लागि अचुक औषधि पनि हो । मेथीको दानालाई राति भिजाएर बिहान खाली पेटमा चबाएर खानुका साथै मेथी भिजाएको पानी पिउनाले मानव स्वास्थ्यसँग जोडिएका कैयौं समस्यालाई फाइदा गर्छ । मेथीमा धेरैथरी गुण तथा पोषक तत्त्व हुन्छ । जस्तै– क्यारोटिन, तामा, जिंक, सोडियम, फोलिक एसिड र म्याग्नेसियम आदि ।

कपालका झर्ने समस्या हट्छ
यदि तपाईको कपाल झर्ने समस्या छ भने कपालमा मेथीको दाना भिजाएर यसको पेस्ट लगानुहोस् । यसले कपाल मजबुत हुनुका साथै छिटो सेतो हुने समस्या पनि हुँदैन ।

मेथीका दाना हड्डीको समस्याका लागि पनि फाइदाजनक छ । मेथीलाई बेलुका भिजाएर छोड्दा यसको गुणस्तर पनि बढ्छ । त्यसैले मेथीलाई केही समय भिजाए खाँदा नै फाइदा हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय