विश्वभर कोरोनाबाट निको हुनेको संख्या २४ करोड ९६ लाखभन्दा धेरै पुगेको छ । ओल्डोमिटरको विवरणअनुसार २७ करोड ९३ लाख ११ हजार ४२६ मध्ये २४ करोड ९६ लाख २५ हजार ४६४ जना निको भएका हुन् ।पछिल्लो २४ घण्टामा मात्रै ४ लाख ३८ हजार ७२६ जना कोरोनामुक्त भएका छन् । जर्मनीमा ५६ हजार, फ्रान्समा ५१ हजार, रुसमा ४१ हजार, अमेरिकामा २४ हजार, पोल्याण्डमा २२ हजार, टर्कीमा २० हजार र इटलीमा १९ हजार ८ सय बढी निको संक्रमणमुक्त भएका हुन् ।

गत २४ घण्टामा ७ लाख ९६ हजार ४२२ जना थपिएका छन् भने ५ हजार ४५१ जनाको मृत्यु भएको छ । थपिनेमा अमेरिकामा एक लाख ८५ हजार, बेलायतमा एक लाख २२ हजार, फ्रान्समा ९४ हजार र इटलीमा ५० हजार बढी छन् । त्यसैगरी जर्मनीमा करिब २८ हजार, रुसमा २५ हजार र टर्कीमा १९ हजारमा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा रुसमा ९९८, अमेरिकामा ७०७, पोल्याण्डमा ५९६, जर्मनी २७२, फ्रान्समा १६७ र बेलायतमा १३७ जना छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय