उच्च युरिक एसिडको समस्या आजकल धेरै सामान्य भएको छ । युरिक एसिड एक प्रकारको अर्गानिक पदार्थ हो जुन शरीरमा थोरै मात्रामा पाइन्छ । सामान्यतया, शरीरमा उत्पादन हुने युरिक एसिड मिर्गौलाले फिल्टर गर्छ र पिसाबको माध्यमबाट बाहिर निस्कन्छ । तर जब रगतमा यसको मात्रा बढी हुन्छ, त्यो क्रिस्टलको रूपमा फुट्छ र हड्डीहरू बिच जम्मा हुन थाल्छ ।
शरीरमा प्यूरिन नामक तत्त्व बिग्रिएर युरिक एसिड नामक रसायन उत्पादन हुन्छ । प्यूरिन एक प्रकारको प्रोटिन हो जुन शरीरका कोशिकाहरू र केही खानेकुराहरूबाट बन्छ । जब युरिक एसिड बढ्छ, मांसपेशी दुख्ने, सुन्निने गुनासो हुन्छ, गठिया भएका मानिसहरूलाई यो दुखाइ सहन गाह्रो हुन्छ । त्यसैले युरिक एसिडको समस्याबाट बच्ने घरेलु उपाय यस प्रकार छ ,

गाजर र काँक्रो
गाजरमा अत्यधिक मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । जसले इन्जाइमको उत्पादनलाई नियन्त्रण गर्न मद्दत गर्छ । गाजर र काँक्रोमा फाइबरको मात्रा बढी हुने भएकाले शरीरबाट युरिक एसिड बाहिर निकाल्न पनि सहयोगी हुन्छ ।

हरियो स्याउको जुस
हरियो स्याउको जुस सेवन गर्दा युरिक एसिड कम हुन्छ । यसका लागि सबैभन्दा पहिले हरियो स्याउको छाला निकालेर मिक्सरमा हरियो स्याउको टुक्रा हालेर मिश्रण बनाउनुहोस् । यसलाई गिलासमा छान्नुहोस् र रसमा बिरे नुन हालेर पिउनुहोस् ।

सुन्तला र कागती
भिटामिन सी दुबैमा पाइन्छ । सुन्तला र कागतीमा धेरै मात्रामा भिटामिन सी हुने भएकोले यसले युरिक एसिडको स्तरलाई सही राख्न मद्दत गर्छ ।

जैतुनको तेल
डाक्टरहरूले उच्च युरिक एसिड भएका बिरामीहरूलाई खानामा जैतुनको तेल प्रयोग गर्न सल्लाह दिन्छन् । किनकि यसले युरिक एसिडको समस्यालाई कम गर्छ ।

ग्रिन टी
ग्रिन टिले युरिक एसिडको स्तर कम गर्छ । ग्रिन टिको पातलाई पानीमा उमाल्नुहोस् त्यसलाई छानेर पानीमा कागती र मह मिसाएर पिउनुहोस् । यसबाहेक टमाटर, कागती, गाजर, ब्रोकाउलीको जुस पनि पिउन सक्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय