बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा आज नेपालले उज्वेकिस्तानको सामना गर्नेछ ।

प्रतियोगितामा समुह चरणका सबै ५ खेल जितेको नेपाल लगातार दोस्रो वर्ष उपाधि जित्ने अभियानमा रहेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले हिजो किर्गीस्तानलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट २५–८ ले जितेको नेपालले त्यसपछिका दुई सेट २५–१४ र २५–१६ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।समुहमा सबै खेल जितेको नेपालले आज उज्वेकिस्तानलाई पनि सहजै हराएर उपाधि रक्षा गर्ने अनुमान गरिएको छ । लिग चरणको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराईसकेको छ । हिजै भएको खेलमा श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै उज्वेकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

लिग चरणमा अपराजित रहेको नेपालले ५ खेलबाट १४ अंक जोड्यो । दोस्रो स्थानमा रहेको उज्वेकिस्तानले ११ अंक जोड्यो । समान ११ अंक नै रहेपनि सेटमा श्रीलंका पछि प¥यो । किर्गिस्तानले ६ अंक जोड्यो । माल्दिभ्स र बंगलादेशले अंकको खाता खोल्न सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय