सागुरीगढी गााउपालिका वडा नं ८ खुडी स्थित श्री लक्ष्मी माध्यमीक विद्यालयले हिरक जयन्ति मनाएको छ । विद्यालय ६० वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरेर हिरक जयन्ति मनाएको हो । विद्यालयले हिरक जयन्ति समारोहको अवसरमा विद्यालयको नवनिर्मित भवन तथा कम्प्युटर ल्यावको उदघाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि संघीय संसद राजेन्द्र राईले विद्यालयको नवनिर्मित दुइतले ४ कोठे भवनको उद्घाटन गर्नु भएको हो ।

भवन ६८ लाख १६ हजार ५८ रुपैया १५ पैसामा भवन निमार्ण गरिएको हो । त्यस्तै गरी सोहि अवसरमा विद्यालयले कम्प्युटर ल्यावको पनि कार्यक्रमका विशेष अतिथि प्रदेश संसद निरन राईबाट उद्घाटन गरिएको छ । विद्यालयले प्रदेश सरकार बाट प्राप्त रकम बाट ६ लाख ५० हजार मा कम्प्युटर ल्याव स्थापना गरेको हो ।

कम्प्युटर ल्याव

त्यस्तै विद्यालयमा साईन्स ल्यावको पनि स्थापना गरेको छ । गाउपालिकाको ६ लाख ५० हजार मा साईन्स ल्याव स्थापना गरेको हो । सो ल्यावको पनि प्रदेश संसद राईले उद्घाटन गर्नु भएको थियो ।

सो विद्यालयमा पठपाठनलाई व्यवस्थित गर्ने उद्देश्यले गाँउपालिकाको आर्थिक सहयोग ६ लाख ५० हजार मा लाईबेरीको पनि व्यवस्था गरेको छ ।

कार्यक्रममा बोल्नु हुदै सघीय संसद राजेन्द्र कुमार राईले जनप्रतिनिधिहरुले जनताको आदेश अनुसार काम गरिरहेको बताउनु भयो । त्यस्तै उहाँले परम्परागत शिक्षाले देश पविर्तन विकास असम्भव रहेको भन्दै शिक्षा निति परिवर्तन गरेर गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा अगिबढिरहेको जानकारी गराउनु भयो । साथै उहाले जिल्लाको सागुरीगढी गाउपालिकाको महाभारत क्षेत्र गाँजा खेतिको लागि उपयुक्त ठाँउ भएकाले एक वर्ष भित्र गाँजा खेति सम्बन्धि कानुन बनाएर हरेक जनतालाई धनि बनाएर छोड्ने आश्वास दिनु भयो । त्यस्तै उहाले वडामा सडक पिच र स्वास्थ्य तथा सिचाईका लागि कुलो निमार्ण गरीदिने प्रतिवद्धता गर्नु भएको छ । त्यस्तै गरी प्रदेश संसद निरन रार्यले पनि कार्यक्रममा बोल्नु हुदै शिक्षा स्वास्थ्य , खानेपानि , खेलमैदान निमार्ण ,कृषि पर्यटन लगायत क्षेत्रमा धेरै काम भईरहेको दावि गर्नु भयो । त्यस्तै कार्यक्रममा गाँउपालिका अध्यक्ष कुमार जंग याखाले पनि गाँउपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि वृहतमात्रमा काम गरिरहेको बताउनु भयो ।

भौक्तिक निमार्ण , जनशक्ति व्यवस्थापन लगायत धेरै काम भईरहेको बताउनु भयो । त्यस्तै गरी उहाँले अझै विद्यालयलाई आवाश्यक सहयोग गर्न तयार रहेको जानकारी गाराउनु भएको थियो । विधालयका प्रधानाध्यापक सुर्य बहादुर मगरले विद्यालयको वार्षीक प्रगति विवरण सहित निति तथा कार्यक्रमको विषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालय वयवस्थापन समितिका अध्यक्ष हरि दिवस खुलालको अध्यक्षतामा सम्पन्न भएको थियो भने विद्यालयले विभिन्न चन्दा दाता , शिक्षक , जग्गा दाता , उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लगायतलाई सम्मान पत्र तथा खदाले सम्मान गरिएको छ । कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष विनय राई ,वडा नं ९ का वडा अध्यक्ष जेवि राई , वडा सदस्य , शिक्षक ,अभिभावक, समाजसेवि वुद्धिजिवी लगायत विद्यार्थिहरुको कार्यक्रममा उपस्थितिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय