सोलुखुम्बु ,
निरन्तरको हिमपातका कारण उच्च हिमाली भेग खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ । गएको शनिवारदेखि निरन्तर भइरहेको हिमपातले खुम्बु क्षेत्र पूरै हिउँले ढाकेको स्थानीयले बताएका छन् ।लुक्ला, नाम्चे, खुम्जुङ, स्याङबोचे सहितका बस्तीहरु हिउँको चपेटामा परेका छन् । नाम्चे क्षेत्रमा अहिले करिब २ फिट जति हिउँ जमेको छ भने त्यसभन्दा माथिल्लो क्षेत्रमा अझ बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

भारी हिमपातका कारण त्यहाँका स्थानीयवासी घरबाट बाहिर निस्कन समेत सकेका छैनन् । बाहिर भित्र गर्न समेत सकस भएपछि स्थानीयवासी र कर्मचारीहरुले अहिले हिउँलाई सोरेर बाटो पहिचान गर्ने कार्य गरिरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका कर्मचारीहरुले बताएका छन् । हिउँले ढाकेका कारण बाटो पत्ता लगाउन निक्कै मुस्किल परेको छ । हिमपातले गर्दा विशेषगरी बस्तुभाउको हेरचाह गर्न सकस परेको छ भने हिउँले घाँसपात छोपिँदा बस्तुभाउलाई के खुवाउने भन्ने चिन्ताले पशुपालक कृषकहरुलाई सताउन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय