नवलपरासीमा आज बाघको आक्रमण बाट एक महिलाको ज्यान गएको छ । पूर्व नवलपुरको मध्यविन्दु १२ अरुणखोलाकाी ३९ वर्षीया बरिसा सारुको बाघको आक्रमणबाट ज्यान गएको हो । आज बिहान नजिकैको वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सागर पन्तले बताउनुभयो । सारुसँगै गएका अन्य स्थानीयवासीले बाघले आक्रमण गरेको जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल अरुणखोला–दुम्कीवास सडक खण्डभन्दा झन्डै पाँच सय मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ ।

नवलपुरमा यसअघि एक महिना अगाडि मङ्सिर दोस्रो हप्ता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका १ को सामुदायिक वनका वन रक्षकको ज्यान गएको थियो ।

यस वन आसपासमा बाघको आतङ्क भएको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयवासीलाई अनुरोध गरेको थियो ।

यस क्षेत्रमा देखिएको बाघ नियन्त्रण गरी निकुञ्ज क्षेत्रमा लैजान पहल गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय