पछिल्लो २४ घण्टामा विश्वभर १५ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ।अमेरिकामा सबैभन्दा बढी ३ लाख ४६ हजार, फ्रान्समा २ लाख ३२ हजार, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार, अर्जेन्टिनामा ४७ हजार, टर्कीमा ४० हजार, ग्रिसमा ४० हजार र भारतमा २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।यो अवधिमा विश्वभर साढे ५ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जसमध्ये रसियामा ९१२, अमेरिकामा ७११, पोल्याण्डमा ६३८, जर्मनीमा २४४, भियतनाममा २२६ र युक्रेनमा २०९ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ।

हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख ५२ हजार नाघेको छ। झण्डै ३ करोड सक्रिय संक्रमित छन्। अंग्रेजी नयाँ वर्ष लाग्दै गर्दा विश्वका कतिपय देशमा अहिले पनि कतिपय क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वव्यापी बनेको छ र यसले सुनामीको रुप लिन सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय