सागुरीगढी गाँउपालिका वडा नं ८ तातोपानी मा फुटवल खेल मैदान निमार्ण हुनेभएको छ । तातोपानीका सिर्जन शिल युवा क्लवले खेलमैदान निमार्ण गर्नलागेको हो । क्लवले एक कार्यक्रमका बिच संघीय प्रतीतिनिधि सभासदस्य राजेद्र राई ,प्रदेश संसद निरन राई ,गाउपालिका अध्यक्ष कुमार जंग याखालाई खेल मैदान निमार्णका लागि सहयोग माग गरेकाछन् ।

युवा क्लबको मागलाई सम्बोधन गर्नु हुदै संघीय संसद राजेन्द्र राईले खेलले शाररिक र मानसिक विकासका लागि सहयोग पुर्याउने भन्दै युवाहरुलाई आवाश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । त्यस्तै गरी प्रदेश संसद निरन राईले खेल मैदान निमार्णका लागि १ लाखआर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नु भयो ।

त्यस्तै गाँउपालिका अध्यक्ष कुमार जंग याखाले गाउपालिकाको तर्फबाट खेलमैदान निमार्ण गर्न ३ लाख आर्थिक सहयोग गर्ने भएको छ । अहिले खेलमैदान निमार्ण गर्नकालागि जनसहभागिताको सहयोगमा ५ रोपनी बाह्रना ५ लाख ७५ हजारमा जग्गा खरिद गरेको युवाक्लवका सदस्य इन्द्र खुलालले बताउनु भयो । क्लबको सो जग्गालाई सम्माएर खेलमैदान निमार्ण गर्नका साथै क्लवको भवन निमार्ण गर्नका लागि आर्थिक अभाव भएकोले सहयोग माग गरेको जानकारी दिनुभयो । कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष विनय राई , वडा नं ९ का वडा अध्यक्ष जेवी राई लगायत जनाप्रतिनिधि स्थानिय युवाहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय