प्रेस चौतारी नेपाल धनकुटाको ९ औं जिल्ला अधिवेशन यही पुस २९ गते हुने भएको छ । चौतारी जिल्ला कार्य समितिको बैठकले अधिवेशनको मिति तोकेको हो । अधिवेशनले चौतारीको नयाँ जिल्ला नेतृत्व चयन गर्नेछ ।

बैठकले जिल्ला अधिवेशनको मिति तोकेर अधिवेशनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न चार वटा उप–समिति पनि निर्माण गरेको चौतारीका जिल्ला उपाध्यक्ष रबिन कटेलले जानकारी दिए । उनका अनुसार अधिवेशनका लागि आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, प्रचारप्रशार र मञ्च व्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।

उपाध्यक्ष कटेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उप–समिति निर्माण गरिएको छ । समितिको सदस्यमा विश्वराज श्रेष्ठ र डम्बरु दाहाल छन् । सह–सचिव विश्वराज श्रेष्ठको संयोजकत्वमा विमला राई, वालिका मादेन र सुरेन्द्र मग्रान्ती सदस्य रहेको प्रचारप्रशार उप–समिति निर्माण गरिएको छ ।

कोषाध्यक्ष मनिषा पोख्रेलको संयोजकत्वमा माया राउत र शिशिर भण्डारी सदस्य रहेको प्रतिनिधि व्यवस्थापन उप–समिति बनाइएको छ । यता, जिल्ला सदस्य मानवी तामाङ्गको संयोजकत्वमा नवनित खड्का र कल्पना थापा सदस्य रहेको मञ्च व्यवस्थापन उप–समिति निर्माण गरिएको छ ।

बैठकले चौतारीको केन्द्रिय सदस्यमा मनोनित भएका जिल्ला अध्यक्ष सन्तोष रुचाललाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय पनि गरेको छ । यसअघि केन्द्रिय सदस्यमा मनोनित रमेशचन्द्र अधिकारीलाई अघिल्लो बैठकले बधाई ज्ञापन गरेर सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय