शहिदभूमी गाउँपालिका वडा नंं ३ का महिला सदस्य वर्ष ४० कि धनमाया राईको वुधबार निधन भएको छ ।
लामो समय देखी मधुमेहको विरामले च्यापेका राईलाई पछिल्लो समयमा प्याङ्गक्रियाजको क्यान्सरले थलिएका थिए । उहाको वुधवार विहान ७ वजे निधन भएको शहिभूमी गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो । नेकपा एमाले जिल्ला कमिटी धनकुटाका पुर्व जिल्ला सदस्य समेत रहेका राईको वुधवार नै किराँत राई जातिको परम्परा अनुसार अन्त्यष्ठी गरिएको गाउँपालिका अध्यक्ष राईले वताएका छन् ।

स्वर्गिय राई शहिदभूमी गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेका थिए । उनको पार्थिव शरिरलाई गाउँपालिका अध्यक्ष मनोज राई उपाध्यक्ष रत्न्श्वरी राई नेकपा एमाले शहिदभूमी गाउँ पार्टी कमिटीका अध्यक्ष नीर वहादुर राई लगायतले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । स्वर्गिय राईको २ छोरा र श्रीमान पुष्पराई रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय