नेपाल कम्यूनिष्ट पार्टी (एमाले ) जिल्ला कमिटी धनकुटाको ७ औ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । पार्टीको ७ औ जिल्ला अधिवेशन औघोगिक ग्राम धनकुटामा हुन गईरहेको छ ।

अधिवेशन स्थल औघोगिक ग्राममा सम्पूर्ण तयारी पुरा भएको जिल्ला पार्टीका जिल्ला सचिव भिम राईले जानकारी दिनुभएको छ । पार्टीको ७ औ जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि जिल्लाको सात वटै स्थानियतहका गाँउ गाँउ बाट ८ सय भन्दा बढी प्रतिनिधिको सहभागीता रहनेछ ।
यस अघि पार्टीले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेर नेता तथा कार्यकर्ताहरुलाई जिम्मेवारी दिएकाछन् ।












