नेकपा एमालेले जिल्ला अधिवेशन सम्भव भएसम्म ७७ जिल्लामै आज अधिवेशन गरिने,सर्वसम्मत नेतृत्व चयनका लागि सर्कुलर

नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्ने भएको छ। सम्भव भएसम्म ७७ जिल्लामै आज अधिवेशन गरिने एमालेले जनाएको छ। अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। राष्ट्रिय महाधिवेशन गरिसकेर एमालेले जिल्ला र प्रदेश अधिवेशन गर्न लागेको हो। मौसमी प्रतिकूलताका कारणले पुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ । जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश सङ्गठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्नेछ ।

अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ । निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको छ । सोहि अनुसार धनकुटामा पनि आज औघोगिक ग्राममा ७ औ जिल्ला अधिवेसन आज र भोलि हुदै छ । अधिवेशन सफल पार्नका लागि विभिन्न जनसङ्गठन र सात वटै स्थानियतह बाट ८ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने जिल्ला कमिटी धनकुटाले जनाएको छ । गत मंसिरमा भएको दसौं महाधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी गठन भएको थियो।

आज अध्यक्ष ओलीले थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुपमा जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।एमाले केन्द्रीय कमिटीले पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो। एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ। अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ। जिल्ला अध्यक्ष माथिल्लो कमिटीमा निर्वाचित भएको स्थितिमा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय