घर र आगन जसरी कुच्चोले बडारीन्छ त्यसरी  नै पाँच दलको गठबन्धनलाई बडारेर समाप्त पार्ने कुचो एमाले पार्टी भएको एमाले पार्टीका जिल्ला ईन्र्चाज एवंम संघीय प्रतिनिधि सभासदस्य राजेन्द्र राईको भनाई ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी धनकुटाको ७ औ जिल्ला अधिवेसनको उद्घाटन शस्त्र लाई गर्नु हुदै पार्टीका जिल्ला ईन्र्चाज एवंम संघीय प्रतिनिधि सभासदस्य राजेन्द्र राईले यस्तो बताउनु भएको हो । कार्यक्रममा राईले जनप्रतिनिधिहरुले राम्रो काम गरेकारण पार्टीको उचाई बढ्दै गइरहेको बताउनु भयो ।

आगामी निर्वाचनमा घर र आगन जसरी कुच्चोले बडारछ तेसरीनै पाँच दलको गठबन्धनलाई बडारेर समाप्त पार्ने ७ औ जिल्ला अधिवेशनले फैसला गरेर अगाडि बढ्ने उहाँको भनाई थियो ।

साथै उहाँले अन्य राजनितिक दलहरु गाँउ गाँउमा आफ्नो चिहान आफै खन्न थालेको बताउनु भयो । उनिहरुले भौतिक चिहान नभई राजनितिक बिचार र सिद्धान्तको चिहान खनेर आफै समाप्त हुने तर्फ हिनिरहेको उहाको भनाई छ । आज बाट सुरु भएको जिल्ला अधिवेशन बन्द शस्त्रमा सागंठनिक प्रतिवेदन प्रस्तुत गर्दै नयाँ कार्य समीति चयन गर्दै सम्पन्न हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय