आगामी चुनावमा कुनै पनि पार्टीले एमाले पार्टीलाई जित्न नसक्ने प्रदेश १का उपाध्यक्ष टिकाराम चेम्जोङले दावी गर्नु भयो ।गृह जिल्ला धनकुटामा ७ औ जिल्ला अधिवेशन लाई सम्बोधन गर्नु हुदै उहाले यस्तो बताउनु भएको हो ।

साथै उहाले ७ औ ऐतिहासिक जिल्ला अधिवेशनबाट जनता र कार्यकतालाई उत्साह जगाउने नेतृत्व चयन हुने बताउनु भयो । त्यस्तै उहाले नेकपा एमाले पार्टी समाज रुपान्तरण ,देश विकासको पछमा काम गरिरहेको छ , भने यता अन्य राजनीतिदल कसरी एमाले हराउने अभियानमा लागि रहेको उहाँको भनाइ छ ।

नेकपा एमाले पार्टीले राम्रो काम गरेकै कारण उनिहरू देशको विकास गर्ने होईन एमाले हराउने तिर लागि रहेको बताउनु भयो । त्यस्तै गरि केपी ओली सरकारले संसद विघटन रहर ले नभई बाध्यताले देश र जनताको लागि गरेको उहाँको भनाइ थियोे ।आगामि निर्वाचनमा जनताको मन जितेर सरकारमा पुग्ने दावी गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय