धनकुटा ,

नेकपा एमाले जिल्ला कमिटी धनकुटाले अधिवेशन सभव्य रुपमा सम्पन्न भएको जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला अधिवेशन भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको जनाएको हो । एमाले नव निर्वाचित जिल्ला कमिटी अध्यक्ष ईन्द्रमणी पराजुलीद्धारा हस्ताक्षरित विज्ञप्तिमा केही मिडियाले अधिवेशनमा हात हालाहाल, कुर्सी हानाहान भएको भन्ने समाचार प्रकाशन गरेको भन्दै समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै गठवन्धन सरकारले धनकुटा जिल्लाका लागि छुट्याईएको करिब ५ अर्ब बजेट कटौती गरेको, मित्रराष्ट्र प्रति कुनै कुरा उठाए कडा कारवाही गरिने आशयको गृहमन्त्रालयको अभिव्यक्ती दिएको,सरकारी कार्यलयबाट दिईने सेवामा ढिला सुस्ती भएको, महाकाली नदी तर्ने क्रममा भारतीय सेनाबाट तुईन काटिंदा जयसिंह धामीको मृत्यू भएको घटनाका दोषीलाई कारवाही प्रक्रिया अघि नबढाएको,आमाको नामबाट नागरिक्ता ऐन पारित नगरिएको लगायत विषयमा ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । जयसिंह धामी मृत्यू घटनाका दोषीलाई कारवाही गर्न,सरकारी सेवा छिटो छरितो दिन,आमाको नामबाट नागरिक्ता दिन जोडदार माग समेत गरिएको छ । साथै अधिवेशन भव्यताका साथ सम्पन्न गर्न विभिन्न क्षेत्रबाट भूमीका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गरिएको छ ।

प्रेस विज्ञप्ति ,

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय