काठमाण्डौ ,
सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य गर्ने तयारीपछि खोप केन्द्रमा भिड बढ्न थालेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० को हिजो आइतवार बसेको बैठकले आउँदो माघ ३ गतेदेखि सार्वजनिक ठाउँहरू– सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा खोप लगाएको कार्ड देखाउनुपर्ने सरकारलाई सिफारिस गरेपछि खोप लगाउनेको भिड बढेको हो ।

सीसीएमसीसीले गृह मन्त्रालयलाई खोप कार्ड देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज सोमवार बिहानैदेखि काठमाण्डौ उपत्यकाका विभिन्न खोप केन्द्रमा खोप लगाउनेको भिड देखिएको छ । काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सिभिल अस्पताल बानेश्वर लगायतका ठाउँमा मानिसको भिड बढेको हो । खोप लगाउन तीन घण्टासम्म लाइन बस्नुपरेको उनीहरूले बताएका छन् । सरकारले कोभिशिल्ड, भेरोसेल र जोनसन एन्ड जोनसन खोप दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय