सहिदभुमि गाँउपालिका धनकु्टाले आर्थिक वर्ष २०७८ । ७९ को स्वकृत कार्यक्रम अन्तरगत पशुस्वास्थ्य सिविर सञ्चालन गरिरहेको छ । सञ्चालित निशुल्क पशुस्वास्थ्य सिविर कार्यक्रम सोमबार गाउपालिकाको वडा नं ७ मा सञ्चालन गरेकाछन् । वडा नं ७ मा ९९ सय घरधुरी कृषकको पशुपन्छिको औषधउपचार उपचार गरेको पशुशाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनु भयो ।

वडा नं ७ का कृषकले पालेका गाई गोरु ३ सय १५ , बाख्रा १ हजार ४६ , बंगुर ७८ कुखुरा ११ सय १६ र भैसि ४३ वटाको उपचार तथा औषधि वितरण गरेको पशुसाखाले जनाएको छ । शिविर वडा नं ७ का वडा सदस्य गोविन्द पौडेलको उपस्थितिमा सम्पन्न भएको थियोे । शिविरमा पशुप्राबिधिकहरू हरिकुमार राई , सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय