मानवी
धनकुटा,

कोरोना महामारीको कारण धेरै मानिसहरू खेतिकिसानि तर्फ लागेकाछन् । त्यस्तै धनकुटा नगरपालिका वडा नं १ हिले बजारमा लामो समय देखि कपडा व्यवसाय सञ्चालन गर्दै आउनुभएका केशब खड्काले पनि कृषि पेशा रोजेकाछन् ।

उहाँले बाजो छोडेका जग्गा जमिनमा खेतीपाती पनि सुरु गरेकाछन् । जब २०७६ साल चैत ११ गतेदेखि लगभग ६, ७ महिना लामो लकडाउनमा बस्नु परेको थियोे । पुन २० ७७ सालमा पनि दोहोरीयो लकडाउन यसरी पटकपटक लकडाउनमा बस्न परेकाले सबैलाई जिविको चलाउन समस्या बढ्न थालेको थियोे । व्यपार व्यवसाय बन्द , उघोग कलकारखाना बन्द , शिक्षण संस्था बन्द , सबै क्षेत्र बन्द गरेर कोरोना महामारी बाट बच्नका लागि बस्नु परेको थियोे । महामारीले गर्दा लामो समय लकडाउनमा बस्नु परेपछि हिले बजारका कपडा व्यपारी केशव खड्कालाई पनि कृषि क्षेत्रमा फर्किने मन लाग्न थाल्यो ।

उहाले आफ्नो धनकुटा नगरपालिका वडा नं १ त्रिसुलेमा रहेको तेतिकै खेर गईरहेको जग्गालाई सदुपयोग गरि व्यवसायीक कृषि क्षेत्रमा लाग्ने सोच विचारका साथ कुखुरा पालन व्यसाय सुरुवात गरे । अहिले खड्का कृषि फर्म सञ्चालन गर्दै आईरहेको छ । खड्काले कृषि फर्ममा ५ लाख लगानीमा लोकल कुखुरा , टर्की ,हाँस , बाख्रा , परेवा र तरकारी खेती तथा पालन गर्दै आईरहेको छ । लोकल कुखुरा अहिले फर्मा सयौ संख्यामा रहेको छ भने टर्की लगायत अन्य तरकारी पनि उत्पादन गर्दै आईरहेको छ । खड्का भन्नू हुन्छ सबै खर्च कटाएर राम्रो संग वर्षमा १ लाख बचत गर्न सक्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय