मानवी
धनकुटा ,
एशियाकै स्वादिलो मिठो सुन्तला पाईने धनकुटाको शहिदभुमि गाउपालिका खोकुमा पछिल्लो समय जलवायुपरिवर्तनका कारण सुन्तला खेतिमा असर देखिन थालेको छ । गाउपालिकाको आखिसल्ला खोकु छिन्ताङ लगायतका ठाँउहरुमा वृहतमात्रामा सुन्तला खेति हुने गर्दछ । यो समय भनेको सुन्तला टिपेर बेच्ने समय हो । यति खेर याँहाका किसान सुन्तला टिपेर बेच्नमा व्यस्त रहेको पाईन्छ । अहिले सुन्तलाको बजार भाँउ भने प्रति केजि ८० देखि सय रुपैया सम्म रहेको छ ।

सुन्तलाको वोट सुक्न थालेको तस्बिर,
याहाका किसानको दरिलो आम्दानीको माध्यम भनेको पहिलो सुन्तला नै रहेको छ । अहिले यहाँका किसानको आर्थिक मजवुद्ध बनाउने सुन्तला खेतिमा ग्रिडिङ्ग भाइरसका कारण सुन्तलाको वोट सुक्दै गएपछि कृषक निरास बन्दै गइरहेको पाईन्छ । त्यस्तै गरी वडा नं ४ खोकुका छत्रमान राईले २५ वर्ष देखि व्यवसायिक सुन्तला खेति गर्दै आइरहनु भएको छ । छत्रमान राईले ८ रोपनी जग्गामा सुन्तला खेति लगाएका छन् भने उहाँ नर्सरि मार्फत विरुवा बेच्ने पनि गर्नु हुन्छ । राई सहित बाहुन टोलका कृषक हरुले ५० लाख भन्दा बढिको सुन्तला बेच्ने गरेकाछन् । छत्रमान राईले केहि वर्ष अघि ९ देखि १० लाख सम्मको सुन्तला बेचेका थिए भने अहिले राईको सुन्तला बगानमा वोट सुक्न थाले पछि गत वर्ष ७ लाखको बेचेका थिए भने यो वर्ष ५ लाख सम्मको उत्पादन हुने राईले सुनाउनु भयो ।

कृषक छत्रमान राई
यता गाउपालिकाको कृषि शाखाको तथ्याङक अनुसार गत वर्ष गाउपालिकामा ८ सय टन सुन्तला उत्पादन भएको तथ्याङक रहेको छ । सो तथ्याङक बराबर सुन्तलाले गाँउपालिकामा ३५ करोड सम्म सुन्तला बाट आम्दानी भएको अनुमान गर्न सकिन्ने कृषि शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिनु भयो । त्यस्तै यो वर्षको सुन्तला उत्पादन तथ्याङक भने आउन बाकि रहेको जानकारी गराउनु भयो । एशियामा नै गुलियो स्वादिस्ट सुन्तला उत्पादन हुने देशकै गहना बोकेको सुन्तला खेतिमा समस्या आउन थालेपछि गाँउपालिकाले बजेटको समेत व्यवस्था गरेर समस्या समाधानका लागि लागिरहेको गाउपालिका अध्यक्ष मनोज राईले जानकारी दिनु भयो ।

गाउपालिका अध्यक्ष मनोज राई,
गाँउपालिकाले राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम र अन्य विज्ञहरु संग कारण पक्ता लगाएर समस्या समाधान गर्न तर्फ लागि रहेको गाउपालिका अध्यक्ष मनोज राईले जानकारी दिनु भयो । यो समस्या जसरी भएनि समाधान गर्नका लागि गाँउपािलका लागिरहेको अध्यक्ष राईले दावी गर्नु भयो । त्यस्तै गरी गाँउपालिकाले सुन्तला खेतिलाई प्रमोट गर्न तथा थप विस्तार गर्नका लागि सुन्तलाको विरुवा वितरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको पालिका कृषि शाखाले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत सुन्तला ब्लक र जोन संयुक्त अवधारणालाई संघ र प्रदेशको सहयोगमा अगाडि बढाइएको हुनाले धेरै कृषक यस कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा लिएको अध्यक्ष राईले जानकारी गराउनु भयो ।












