मानवी
धनकुटा ,

धनकुटा नगरपालिका वडा नं १ हिले बजारका तिर्थ मायाँ राईले २५ लाख लगानिमा बंगुर व्यवसाय सुरुवात गरेको छ । तिर्थ मायाँ राईले ४ रोपनी एक आना जग्गा लिजमा लिएर बंगुर पालन व्यवसायको सुरुवात गरेका  हुन। तिर्थ मायाँ राईले वर्षको २५ हजार जग्गाको भाडा तिर्ने गरी जग्गा लिजमा लिएको छ । राईले मिल्सन बंगुर फार्म दर्ता गरेर बंगुर पालन व्यवसाय सुरुवात गरेको । केहि महिना अघि देखि सुरुवात गरेको फार्ममा अहिले ३० वटा भन्दा बढि माउ र ठुलो र छर्का गरी सय भन्दा बढि बंगुर रहेका छन् । राईले बंगुर पालन व्यवसाय गर्नका लागि समिट बैक बाट १५ लाख लोन र आफ्नो १० लाख लगानीमा व्यवसाय सुरुवात गरेको हो ।

राईले यस अघि पनि १५ देखि ३० वटा सम्म मासुको लागि बंगुर पाल्दै आइरहेका थिए । अहिले राईले ढलान तथा वनिा ढलान सहितको ४३ वटा भन्दा बढी बंगुर राख्ने खोर निमार्ण गरेकाछन् । तिर्थ माँया राई सुनाउनु हुन्छ यत्रो लगानिमा व्यवसाय सुरुवात गरियो तर भोलि बंगुर बिक्रि भईदिएन केहि गरि डुब्यो भने बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्ता लाग्छ । हामी जस्तो व्यवसायिक रुपमा कृषि पेशामा लागेका किसानलाई राज्यले व्यवस्थित बजारको व्यवस्था गरिदिए सहज हुने उहाको भनाई छ । राईले व्यवसाय बाट महिनामा २ देखि ३ लाख सम्म आम्दानी हुने अपेक्षा गरेका छन् । त्यस्तै गरी अहिले चारो पनि मंहगो भएकाले बंगुर व्यवसाय गर्न त्यती सहज नरहेको पनि उहाले सुनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय