धनकुटा नगरपालिका वडा नं.४ छारागाउँका सिताराम श्रेष्ठले आफ्नी श्रीमतीलाई कोदोलोको पासोले हत्या गरी आफ्नो घरमा खाल्डो खनेर पुरेको घट्ना सार्वजानिक भएको छ ।
छारागाउँ घर भएका वर्ष ५२ का सिताराम श्रेष्ठले वर्ष ५२ की आफ्नी श्रीमती सीताकुमारी श्रेष्ठलाई कोदालोको पासोले हत्या गरेको प्रहरीको बयानमा खुलेको छ । आफ्नै घरको कोठामा खाल्डो खनी पुरेको प्रहरीद्धारा पक्राउ परेका सितारामले बयानमा वताए पछि घट्नाको तत्थ्य खुलेको हो । घट्ना गएको पौष १६ गते सनिवार रातीको हो । घट्ना घटेको २४ दिन पछि श्रमितीको हत्यारा श्रेष्ठलाई प्रहरीले काठमाण्डौं सातदोवाटो स्थित् माहिली छोरीको घर गोदावारीबाट आईवार विहान पुक्राउ गरेको थियो । श्रीमान श्रीमती दुवै जना जहिले त्यहिले मादक पदार्थ खाएर मातेर हिड्ने गरेको स्थानियले बताएका छन् । मातेकै शुरमा श्रमिती सीताकुमारीलाई कोदालोको पासोले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सुरज कार्कीले वताए ।

पक्राउ परेका श्रेष्ठ श्रीमतीको हत्या गरेर फरार रहेका थिए । फरार श्रेष्ठ घट्ना घटाएर भारतको फार्विसगञ्ज तिर भागेको र माहिली छोरीसंग फोन सम्पर्क गरेर काठमाण्डौं गएका थिए । माहिली छोरीको फोन सम्पर्कबाट सीताराम पक्राउ परेको डिएस्पी कार्कीले बताए । श्रेष्ठले आफूले आमालाई केही नगरेको छोरीहरुलाई बताउँदै आएका थिए । यसैक्रममा छोरी यमूनाले वुवा सीताराम श्रेष्ठलाई काठमाण्डौं बोलाएको र छोरीको घर आउँदा आउँदै उनी प्रहरीद्धारा आईतवार विहान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएस्पी सुरज कार्कीले बताए । सीतारामले श्रीमती सीताकुमारीको हत्या गर्दा उनका कान्छो छोरा उदेश श्रेष्ठ पनिसंगै थिए । उनले आमालाई पौष १६ गते साँझमा कुटेर जुठेल्नोमा लडाएको देखेको त्यस पछि आमालाई नदेखेको बताएका छन् । श्रेष्ठ दम्पतीका ४ छोरी र २ छोरा रहेका छन् ।

श्रीमतीका हत्यारा सीताराम श्रेष्ठका बुबा वर्ष ८० का लोक वहादुर श्रेष्ठले आफूलाई घट्नाको विषयमा थाहा नभएको बताए । प्रहरीले छोरालाई पक्राउ गरेर घरमा ल्याए पछि मात्र थाहा भएको उनले बताए । बुवा लोक वहादुर र छोरा सीतारामको घर बेग्ला बेग्लै भए पनि दुवैघरसंगै जोडिएको छ । सीतारामका बुबा लोकवहादुर भने कान्छी श्रीमतीसंग बेग्लै वस्दै आएका छन् । उनले वुहारी हराएको घट्ना थाहा भए पनि छोराले यस्तो ग¥यो होला जस्तो नलागेको बताए । झापाको लेटाङ वस्दै आएका सीतारामका भाई हरी कुमार श्रेष्ठले दाजु भाउजु पहिले देखी नै जाँडरक्सी खाएर झगडा गर्ने गरेको वताए । त्यसैगरी मृतककी कान्छी वहिनी भगवती श्रेष्ठले पनि आफ्नो दिदिलाई सीतरामले अकालमै मारेको वताईन । उनले आफ्नो दिदिलाई भेनाजुले जति कुटपिट गरे पनि कहिल्यै वाउ माइतिलाई नभनेको वताईन । मृतकका माईती भाई तेजकुमार श्रेष्ठले आफ्नो दिदिलाई भेनाजुले कुटेरै मारेको आरोप लगाए । पहिले पहिले पनि मरणशन्न हुनेगरी कुटपिट गर्ने गरेको कुनै न कुनै दिन मार्छ भन्ने लागेको थियो आज त्यही सावित भएको तेजकुमारले बताए ।

मृतकाका कान्छी देउरानी टिका श्रेष्ठले दुवै जना जहिले त्यहिले रक्सी खाएर झगडा गर्ने गरेको सुनाए । धनकुटा नगरपालिका वडा नं.४ का वडाध्यक्ष जम्शेर आठपहरियाले पनि दुवै जना श्रीमान श्रीमती पहिले देखी नै एकआपसमा झगडा गर्ने गरेको बताएका छन् । उनले दुवैजनालाई एकै ठाउँमा राखेर पटक पटक वडा कार्यालयमा छलफल गर्दा पनि पार नलागेको समेत स्पष्ट पारेका छन् । ढिलो चाँडो घट्ना घट्ने नै थियो, जे आई लाग्यो त्यसको समाना गर्नु पर्छ वडाध्यक्ष आठपहरियाले भने ।

मोरङ जिल्लाको केरावारी गाउँपालिका वडा नं.९ घंगारु झोडा माइती घर भएकी सीताकुमारी श्रेष्ठको लास पोष्टमार्टमको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल धनकुटामा नै पोष्टमार्टम हुने भएपनि लामो समयसम्म लास खाल्डोमा रहेकाले एक्सपोर्टबाट पोष्टमार्टम गर्न पिवि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला अस्पताल धनकुटाका डा.रुमित झाले बताएका छन् । पक्राउ गरी ल्याइएको श्रेष्ठलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर आवश्याक अनुसन्धान सुक्ष ढंगले गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय