धनकुटाकाे सहिदभुमि गाउँपालिकामा सहकारी सम्बन्धि ४ दिने अभिमुखिकरण तालिम आज शुक्रबार सम्पन्न भएको छ ।गाउपालिकाकाे आयाेजनामा माघ ११ गतेदेखि सुरु भएको अभिमुखिकरण तालिममा सहकारी ऐन ,नियम तथा सम्पत्ति सुद्विकरण सम्बन्धि विषयमा तालिममा सहभागीलाई प्रशिक्षण गराएको थियोे । सहकारी संस्थाहरूलाई ऐन नियम वारे जानकारी गराउन , सहकारी संस्थाहरूका सदस्यहरूकाे क्षमता अभिवृद्धि गराउने र त्यस्तै गरि सहकारी संस्थाहरुलाई संस्था संचालन तथा सहज वनाउने उदेश्य ले तालिम सञ्चालन गरिएको गाउँपालिकाकाे राेजगार संयाेजक तथा सहकारी विभाग प्रमुख सीता पाैडेलले जानकारी दिनु भयो । तालिम गाउँपालिका अध्यक्ष मनाेज राईकाे अध्यक्षतामा एक कार्यक्रमका विच समापन गरिएको हाे । तालिममा गाउँपालिका भित्र रहेका विभिन्न सहकारी संस्थाका सेयर सदस्यहरूकाे सहभागीता रहेको थियोे । तालिममा सहभागीलाई जिल्ला सहकारी संस्थाका अध्यक्ष खगेन्द्र सुवेदी , बहुमुखी क्याम्पसका प्रध्यापक साेम भण्डारी , र सीता पाैडेलले प्रशिक्षण दिएको थियोे । तालिम समापन कार्यक्रममा गाउँ पालिकाकाे प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य , गाउँपालिकाकाे कर्मचारीहरूकाे उपस्थित रहेको थियोे ।












