प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जेठभित्र चुनाव हुने कुरामा खुसी मान्नुपर्ने बताएका छन् । शनिबार सत्ता गठबन्धनले जेठभित्र निर्वाचन गर्ने सहमति गरेसँगै नेम्वाङले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अझ जेठ ५ भित्रै चुनाव गरेको भए राम्रो हुने बताउँदै नेम्वाङले स्थानीय चुनावका लागि ऐन संशोधन गरिराख्नुपर्ने आवश्यकता नरहेको बताए ।

संविधान, कानुन, व्यवस्था र अभ्यास सबैका लागि भएको भन्दै उनले निर्वाचन आयोगले पनि यसबारेमा विचार गर्ने बताए । उनले दलहरू एक ठाउँमा आउनुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय