नारायण कुमार राई
धनकुटा                                                    धनकुटाको बिकास बजेट कटौती गर्ने सरकारको कदम संबिधान र कानून बिपरित भएकोले यसका बिरुद्ध धनकुटेली जनताले आवाज उठाउन संघिय सांसद राजेन्द्र कुमार राईले सचेत गराउनुभएको छ ।
राईले छथर जोरपाटी गाउँपालिकाका नागरिकहरुलाई जस्तापाता बितरण गर्दैै वर्तमान गठबन्धनले धनकुटेली जनतालाई गरेको अन्याय प्रति सबैले आवाज उठाउनुपर्ने बताउनु भएको हो ।
‘अघिल्लो केपी ओली नेतृत्वको सरकारले धनकुटाको बिकासका लागि बिनीयोजन गरेको १० अर्ब मध्ये ७ अर्ब रकम कटौती गरेको छ ।’– राईले भन्नु भयो । ‘रातो किताबमा परिसकेको उक्त योजनाहरु कटौती गरेर वर्तमान देउबाको गठबन्धन सरकारले संबिधान र जनता बिरोधी काम गरेको छ ।’
सरकारको यो कदमको धनकुटाका जनताहरुले तिनका दल र दलका नेताहरुलाई प्रश्न गनुपर्ने राईले सुझाव दिनुभयो ।
पालिकाको आयोजनामा सम्पन्न जस्तापाता (टिन) बितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी राईले पालिकाका वडा नं.१,२,३ र ६ का ९४ घर परिवारलाई रंगिन जस्तापाता बितरण गनुभएको थियो ।
‘गुणस्तरीय जीवनस्तरका लागि आवास सुधार कार्यक्रम’ अन्तर्गत संघिय हस्तान्तरित बिशेष अनुदान कार्यक्रमबाट उक्त जस्ता बितरण गरिएको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।
अनुदानमा प्राप्त ८३ लाख मध्ये टेन्डर प्रक्रियाबाट खरिद गरिएको ५७ लाख ३५ हजार ६ सय ५४ रुपैंया बराबरको ४१० बण्डल जस्त बितरण गरिएको लिम्बूले कार्यक्रममा जानकारी दिनुभयो ।
बाँकी वडा नं.४ र ५ मा जनता आवास कार्यक्रम अन्तर्गत १९० घरका लागि गत बर्ष देखि शुरु भएको जस्तापाता बितरण कार्यक्रम यो बर्ष पुरा हुने जानकारी गराउनुभयो ।
गत बर्ष कोरोनाका कारण दुबै वडाका ४०÷४० घरलाई जस्तापाता दिएको थियो । बाँकी रहेका ११० घरलाई जस्ता किन्न पहिलो किस्ता रकम सम्बन्धित ब्यक्तिको खातामा निष्काशन गरिसकिएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
पालिकाको आयोजनामा आईतबार भएको जस्तापाता बितरण कार्यक्रम मार्फत् वडा नं.१ र ३ का ३०÷३० घर,वडा नं.२ का २३ र वडा नं.६ का ११ घर परिवारलाई जस्तापाता दिईएको प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी नेत्रबहादुर क्षेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका सदस्य शिब आङ्ला(लिम्बू) ले जस्तापाता पाउने सबैलाई सुरक्षित आवासको लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।

जस्तापाता बितरण कार्यक्रममा छथर जोरपाटी गाउँपालिका स्तरीय पाटी कमिटीका प्रतिनीधिहरु क्रमश नेकपा एमाले अध्यक्ष ईन्द्र सारु मगर,नेपाली कांग्रेसका सभापति छत्र सुब्बा(लिम्बू),नेकपा माओवादीका उपाध्यक्ष एलबी लिम्बूको उपस्थिति रहेको थियो ।

पालिकाका उपाध्यक्ष भीमला श्रेष्ठ,निमित्त प्रमुख प्रशासकीय अधिकृत चुंडा बोहोरा,पालिका सदस्यहरु दाकिमु शेर्पा,गंगामायाँ लिम्बू लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष पुखमान आले,२ का कृष्ण कुमार मगर,४ का टेकबहादुर तामाङ्ग र वडा नं.६ का दिलबहादुर थापाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय