राष्ट्रिय भूमि आयोगको धनकुटा जिल्ला अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल धनकुटाका जिल्ला अध्यक्ष बल वहादुर राईले सोमबार पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष राईले भने–भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित् वसोवासलाई आयोगको तर्फबाट फाष्ट ट्रयाकमा काम गरेर चाँडै व्यवस्थापन गर्छु । सो अवसरमा उनले नेपालको संविधानद्धारा प्रद्धत्त पुर्ण मौलिक हक भित्र रहेको अधिकार भूमि सम्वन्धि ऐन २०२१ को दफा ५२ देखी उत्ता आकर्षित हुने गरी निर्देशिका, कार्यविधि ऐन कानुनुहरु वनाएर यो आयोग बनेको वताए ।

आयोगसंग सम्वन्धित् जिल्ला स्थित् निकायहरु जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, डिभिजन वन कार्यालय, नापी कार्यालय र जिल्ला समन्वय अधिकारीले आयोगको कामलाई वैधानिक र नीतिगत रुपमा फाष्ट ट्रयाकबाट प्रारम्भ गरिने बताए । उनले भुमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित्हरुको सहि व्यवस्थापनको लागी यो टिम धनकुटामा लागी पर्ने बताए । पदभार ग्रहण गर्नु अघि प्रमुख अतिथि वंगला कुमारी राई र अध्यक्ष राईले भूमि आयोगका कार्यालयको संयुक्त रुपमा समुद्धघाटन गरे । जिल्ला समन्वय समितिका उप–प्रमुख बंगला कुमारी राइ्र्रको प्रमुख आतित्थ्यमा सम्पन्न पदभार ग्रहण कार्यक्रमको औचित्य माथि राष्ट्रिय भूमि आयोग धनकुटाका सदस्य सचिव मिथेलेस कुमार यादवले प्रकास पारेका थिए । सो अवसरमा यादवले धनकुटामा वि.सं.०३२÷०३३ साल यता जमिन नाप्ने काम नभएको वताउँदै अव जग्गा नाप्ने काम नयाँ प्रविधि स्याटलाईट इमेजबाट हुने बताए ।

राष्ट्रिय भूमि आयोग धनकुटाका नवनियुक्त अध्यक्ष बलवहादुर राईको अध्यक्षतमा सम्पन्न पदभार ग्रहण कार्यक्रममा निमिक्त प्रमुख जिल्ला अधिकारी राम नारयण श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पदभार ग्रहणसंगै अध्यक्ष राईले सोमवार पहिलो वैठक वसेर कार्य प्रारम्भ समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय