माघ १८ ,
सहिदभूमि गाउपालिका वडा नं १ मा जारी नौव छिन्ताङ सहिदकप फुटबल प्रतियोगिता अन्तरगत आज ४ खेल सम्पन्न भएको छ । मितेरी युवा क्बलको आयोजनामा जारी फुटबल प्रतियोगिताको तेस्रो दिन भएको पहिलो खेल सागुरीगढी ९ हर्दिया र खाल्साथुम युवा क्लब सहिदभुमि २ बिच भएको खेलमा ० -१ सागुरीगढी विजयी भएकाछन् । ।
त्यस्तै गरि आज भएको दोस्रो खेल पौवा दुम्मा गाँउपालिका भोजपूर र सागुरीगढी ८ पोक्ला बिच भएको खेलमा ३ -२ को अन्तरले पौवा दुम्मा विजयी भएको छ । यस्तै गरि तेस्रो खेल अजम्बरी युवा क्लब फेदि र टिटि ७ थलथले बिच भएको खेलमा १-४ ले अजम्बरी विजयी भएको संस्थापक अध्यक्ष भुपाल कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै गरी चौथो खेल सरस्वती युवा क्लब सहिदभुमि १ र नाम्जे युवा क्लब सागुरीगढी बिच भएको खेलमा १ -२ ले नाम्जे विजयी भएकाछन् । प्रतियोगितामा प्रथमलाई पुरस्कार नगद १ लाख ट्रफी मेडल प्रमाणपत्र र खेलको दोस्रो पुरस्कार नगद ५० हजार ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता माघ २० गते सम्म सञ्चालन हुने छ ।












